कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’

काठमाडौँ — नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ ।

६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’

त्रिमूर्ति निकेतनले नेपाली वाङ्मय क्षेत्रका शिखर व्यक्तित्व संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्‍याउन कुशल भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई उक्त पदक प्रदान गर्ने मंगलबार निर्णय गरेको हो ।

संस्थाका सदस्य सचिव नरेन्द्रराज प्रसाईंका अनुसार अजरमान जोशी, अनुराधा थापा, कृष्णगोपाल श्रेष्ठ, गोपालनाथ योगी, प्रमोद प्रधान, कञ्चनजंघा प्रसाईं, मणि लोहनी, सुशीला तामाङलगायत ५ दर्जनलाई यही जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा पदक समर्पण गरिनेछ । यस अघि २ सय २६ जना व्यक्तिहरुले पदक ग्रहण गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?