कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम सर्‍यो

काठमाडौँ — दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ । आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्‌का कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो ।

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम सर्‍यो

भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ५ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । कार्यक्रममा बलिउडका अभिनेता सलमान खानसहितका एक दर्जन कलाकार नेपाल आउने सम्झौता भएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?