कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निहारिका र डंगोल पुरस्कृत

काठमाडौँ — गंकी धुस्वाँ-बसुन्धरा प्रतिष्ठानले साहित्यकार नीलम कार्की निहारिका र ललितकलाकर्मी गोविन्दलाल सिं डंगोललाई पुरस्कृत गरेको छ । निहारिकाको उपन्यास 'द्रौपदी अवशेष'का लागि 'गंगी-धुस्वाँ बसुन्धरा पुरस्कार' र लामो समय कला साधना गरेकामा ललितकलाकर्मी डंगोललाई 'धुस्वाँ सायमि सिर्जना पुरस्कार' प्रदान गरिएको हो ।

निहारिका र डंगोल पुरस्कृत

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टाद्वयलाई पुरस्कार प्रदान गरे। दुवै पुरस्कारको राशि ५०/५० हजार रुपैयाँ छ ।

सामाजिक सांस्कृतिक विषयमा केन्द्रित आफ्नो उपन्यासका लागि पुरस्कृत गरेकामा निहारिकाले खुसी व्यक्त गरिन् । समाजमा थाहा नपाएका धेरै संस्कृति भएको र तिनलाई स्रष्टाहरुले बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो।

डंगोलले भने कलाकर्मीलाई राज्यले नहेरेको बताए । राजनीतिक दल निकटका कलाकारले फाइदा लिइरहने तर आफूजस्ता निरन्तर साधनामा लागिरहेकाहरु बेवास्ताको सिकार हुँदै गएको उनले गुनासो गरे ।

साहित्यकार विमल भौकाजीले निहारिकाको व्यक्तित्वमाथि र लेखक सुरेश किरणले ‌डंगोलमाथि प्रकाश पारेका थिए । प्रतिष्ठानका अध्यक्ष अरुण सायमिले आफ्ना पिताको योगदानको चर्चा गर्दै योग्य स्रष्टाहरुलाई पुरस्कृत गर्न पाएकोमा संस्था गौरवान्वित भएको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?