कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

केशव घिमिरेको ‘रूपिका’ सार्वजनिक

काठमाडौँ — लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’सार्वजनिक भएको छ । घिमिरेको यो पहिलो कृति हो ।

केशव घिमिरेको ‘रूपिका’ सार्वजनिक

काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, दीपक सापकोटा र निर्भीकजंग रायमाझीले आइतबार एक कार्यक्रमबीच उपन्यास सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा टेकनाथ दाहालले रूपिका उपन्यास युवावयको कथालाई स्थानीय स्वाद मिसाएर पस्कन सफल कृति भएको प्रतिक्रिया दिएका थिए। ‘लेखकले युवा अवस्थाको जीवनको चित्रण गरेका छन् । साथै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दर्भीक ढंगले उठाएको छ’, दाहालले भने ।

निबन्धकार दीपक सापकोटाले भने आख्यानमा पात्रको उपस्थिति सघन हुनुपर्नेमा जोड दिएका थिए । ‘पात्र जति बलियो उपन्यास त्यति नै पठनीय हुन्छ । पात्रहरूको विविधता र सबलीकरण गर्न नसक्नु आजको आख्यानको चुनौती हो’, सापकोटाले भने ।

उपन्यास ‘रूपिका’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

प्रकाशित : वैशाख १९, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?