कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बराललाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको सम्मान

काठमाडौँ — नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ गीतकार कृष्णहरि बराललाई प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै ‘प्रतिभा पुरस्कार’ भने युवा संगीतकार गणेश गुरुङलाई प्रदान गर्ने भएको छ । 

बराललाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको सम्मान

हालै प्रतिष्ठानका गरेको भर्चुअल बैठकले बराल र गुरुङलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बराल र गुरुङले ताम्रपत्र र दोसल्लासहित क्रमश: ५० हजार र एक लाख रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले बताए ।

बरालका दर्जनौं गीत तथा गजलहरु चर्चित र लोकप्रिय छन् । उनलाई नेपाली गीत तथा गजलका क्षेत्रमा विशिष्ट योगदान दिएबापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो । यसै गरी गुरुङले सयभन्दा बढी गीतहरूमा संगीत संयोजन गरेका छन् भने उनको सयकै हाराहारी एल्बममा संगीत समेत रहेको छ । गुरुङलाई संगीत सिर्जना तथा एरेन्जका साथै संगीत प्रशिक्षणसमेत गरेर नेपाली गीतसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, गोविन्दराज भट्टराई, बूाद राना लगायतका स्रष्टाहरु सम्मानित भइसकेका छन् । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, विमला तुम्खेवा लगायतका व्यक्तित्वहरु पुरस्कृत भइसकेका छन् ।

प्रकाशित : माघ ३, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?