कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रज्ञामा पुस्तक, ललितकलामा चित्र प्रदर्शनी

काठमाडौँ — ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ का अवसरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी जारी छ । आइतबारदेखि प्रज्ञा–प्रतिष्ठानमा पुस्तक र नक्सालस्थित ललितकला प्रज्ञा–प्रतिष्ठानमा चित्रकला प्रदर्शनी सुरु गरिएको हो । 

प्रज्ञामा पुस्तक, ललितकलामा चित्र प्रदर्शनी

प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रतिष्ठान, ललितकला प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा सुरु गरिएको प्रदर्शनीमा तीनओटै प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् ।

त्यस्तै ललितकला प्रज्ञा–प्रतिष्ठानस्थित अरनिको प्रदर्शनी स्थलमा चित्रकला प्रदर्शनीमा १३४ जना कलाकारका विभिन्न कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

प्रज्ञाप्रतिष्ठानको संयोजनमा पुस्तक प्रदर्शनी र ललितकला प्रज्ञाप्रतिष्ठानको संयोजनमा चित्रकला प्रदर्शनी गरिएको प्रज्ञा प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बुले बताए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पाठकहरूको मागलाई सम्बोधन गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पुस्तक प्रदर्शनीको आयोजना गरिएको र यसबाट आमपाठकले पर्याप्त लाभ लिन सक्ने बताए । उनले भने, ‘प्रदर्शनीमा तीनओटै प्रतिष्ठानद्वारा प्रकाशित साहित्य, दर्शन, भाषा, कला तथा संगीत, नाट्य सम्बन्धि महत्त्वपूर्ण पुस्तकहरु समावेश गरिएका छन् । प्रदर्शनीमा रहेका पुस्तकहरु कलाप्रेमी तथा सर्जकका लागि निकै उपयोगी हुने खालका छन् ।’

भानुभक्त कक्षमा सुरु भएको पुस्तक प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ । चित्रकला प्रदर्शनी भने माघ १ गतेसम्म चल्नेछ । चित्रकला सिर्जनामा चाख लिने कलाप्रेमीहरुका लागि प्रदर्शनी लाभदायी हुने कुलपति कान्छाकुमार (के.के.) कर्माचार्यलको भनाइ छ ।

प्रदर्शनीमा तीनै वटा प्रतिष्ठानका कुलपतिहरु उप्रेती, कर्माचार्य, नारायणभक्त श्रेष्ठ ‘रायन’, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रaन्धक अशोकप्यासी राई लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : पुस २७, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?