कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पामा सुनिए ‘समयका १७ कविता’

काठमाडौँ — सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ‘समयका कविता’ शीर्षकमा १७ कविहरूले कविता वाचन गरेका छन् । पाल्पाका कवि जनक कार्कीले बिजुलीले खम्बा शीर्षकको कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे ।

रोल्पामा सुनिए ‘समयका १७ कविता’

त्यस्तै राजु झल्लु प्रसादले ‘बिम्ब परिवर्तन गर कवि हो’, अर्पण उत्कर्षले ‘लालसलाम र ताम्सालिङ’, प्रेम प्रकाश मायालुले ‘आगो लिन गएकाहरू’, सविना भुषालले ‘मेरी मरियाना, छोरा जन्माउन कहाँ सजिलो छ र ?’, युग सर्वनामले ‘खोलाको गति’, समृद्धि नेपालले ‘हाम्रो देश बोल्छ’, सुशीला सुवेदीले ‘आमा, अझै पनि याद छ मलाई’, विपना मगरले ‘कठै मेरो देशको राजनीति’, एलबी साथीले ‘सिटामोल’, उत्तम लिम्बुले ‘कन्डम फुटेपछि’, मुकुन्द खलपात्रले ‘अर्धनग्न सगरमाथा’ शीर्षकका कविता वाचन गरेका थिए ।

महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यस सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाई बिर्सनु नहुने बताए ।

कार्यक्रममा बोल्दै कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूले आशालाग्दो तरिकाले कविता लेखिरहेको बताए । त्यस्तै समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवं वैश्विक राजनीति चेत देखिएको भन्दै आफू खुसी भएको बताए ।

प्रकाशित : पुस २६, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?