कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इङ्नाम र तुम्खेवा सम्मानित

काठमाडौँ — इतिहासकार तथा साहित्यकार भगिराज इङ्नाम र साहित्यकार, अभियन्ता एवम् पत्रकार विमला तुम्खेवा सम्मानित भएका छन् ।

इङ्नाम र तुम्खेवा सम्मानित

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्वारा २०७८ को सम्मान मदन पुरस्कार विजेता इङनामलाई र पुरस्कार तुम्खेवालाई प्रदान गरिएको हो । तुम्खेवाले प्रमाणपत्र र २१ हजार राशिको पुरस्कार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हस्तान्तरण गरे ।

स्वर्गीय अनुप लिङ्देन लिम्बु समाजमा मात्र नभएर समग्र समाज विकासको निम्ति महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यवसायी र राजनीतिकर्मी थिए । उनको सम्झनामा स्थापित सम्मान तथा पुरस्कारबाट साहित्य, शिक्षा, कला, संस्कृतिलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको अनुपका धर्मपत्नी तथा साहित्यकार अप्सरा लावतीले बताइन् ।

प्रकाशित : पुस १८, २०७८ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?