कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरल खेलौना 

केशव सिलवाल

जब रित्तो हुन्छ मानिसको हात
समाउादैनन् तिनले तास मात्र
खेल्दैनन् तिनले लङ्गुर–बुर्जा मात्र

भाइरल खेलौना 

जब रित्तो हुन्छ मानिसको हात

घुसारिनका लागि खोज्दैनन् तिनले गहिरो खल्ती मात्र

न त बस्छन् केवल ताली बजाएर


कम्तीमा होस् एउटा क्याडबरी वा ललिपप

मानिसको हातमा

चुस्दै रहून्

र भुलून् स्वादको जगत्मा


या होस् तिनको हातमा

एउटा जब्बर खेलौना

व्यस्त रहून् अम्मली खेलमा


सोचून् खेलकै बारेमा

लडून् एकआपसमा

पब्जी खेल्दै

पछारेर एकअर्कालाई टच स्क्रिनमा

सिध्याऊन् प्रतिरोधका सारा नङ्ग्रा


आफ्नो मधुमय फोटोमा

भर्च्युल ब्युटी प्लस थपेर

आफौ परुन् दङ्गदास


संवाद गरुन् फट्टिचर प्रेमीसाग

भकुल्ले फिगरको

भद्दा लुगाको

विवाह एनिभर्सरी

र जन्मदिनको

बस्, नलागून् शासकका विरूद्ध


फत्ते गर्न विरोधको औपचारिकता

लेखून् भाइरल स्टाटस स्क्रिनमा

लेख लेखून् अनलाइनमा

र गरुन् थुप्रैपटक सेयर


खाली हातमा झन्डा हल्लाउादै

नआऊन् सडकमा

समाउादै नसमाऊन् प्रतिरोधी हतियार

(शासकलाई मात्र हुन्छ हतियारको हक)

नहुर्‍याऊन् दरबारतर्फ चिच्याउादै ढुङ्गा र इाटाका टुक्रा


पढिरहून् केही सस्ता उपन्यास अनलाइनमै

हेरुन् सस्ता पोर्नोग्राफी

जनावर बनून् ती

र सकुशल रहोस् शासकको स्वर्ग


हेर्न पाऊन् छिनभरमै

बिछोडिएर टाढा पुगेका आफन्तको मुहार

नभनून् फर्किएर आइज

केही गराौला देशमै

बेचिए पनि परदेशमा

माया गर्दै रहून् देशको झन्डालाई


जब खाली राखिन्छ मानिसको हात

तिनले खोज्दैनन् बेरिन मात्र एक अंगालो प्रेम

न त मायाले मुसार्न मात्रै खोज्छन् अर्को हात


हातहातमा होस्

एउटा ललिपप

या एउटा खेलौना ?


बस्, व्यस्त रहून् मानिस

सोच्न नसकून केही

गर्दै रहून् घर र कार्यस्थल

कार्यस्थल र घर ।

प्रकाशित : चैत्र ८, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?