कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि सस्तो आइफोन १

हेलो टेक
हेलो शुक्रबार

सन् २०१६ मा एप्पलले आइफोन एसई नाम दिएर सस्तो आइफोन सार्वजनिक गरेको थियो । आइफोनको बिक्री घटेका बेलामा एप्पलले ल्याएको सस्तो आइफोनले धेरै प्रयोगकर्ताको ध्यान आकर्षित गर्‍यो । रुचाइयो पनि ।

फेरि सस्तो आइफोन १

आगामी मार्चमा एप्पलले आइफोन एसई टु नाम दिएर सस्तो आइफोनको अर्को मोडल ल्याउने खबर आएको छ । करिब ४ सय अमेरिकी डलर मूल्य रहने अनुमान गरिएको आइफोनमा ४.७ इन्चको स्क्रिन हुनेछ । यसमा एप्पलकै ए थर्टी प्रोसेसर प्रयोग गरिने समाचारहरूमा उल्लेख छ । यो आइफोन ६४ जीबी र १ सय २८ जीबी मोडलमा उपलब्ध हुनेछ भने ३ जीबीको र्‍याम रहनेछ । यसको डिजाइन र अन्य फिचर आइफोन एटको जस्तो हुने अनुमान छ ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?