कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोट सिरिजमा नयाँ

सामसङले नोट सिरिजमा दुई नयाँ स्मार्टफोन ल्याएको छ । गत साता सार्वजनिक गरेको स्मार्टफोन केही साताभित्र नेपालमा उपलब्ध हुनेछ । नोट सिरिजका यी दुई फोनमा के विशेषता छन् त ?
हेलो शुक्रबार

 
सामसङले हरेक वर्षझैं यो वर्ष पनि नोट सिरिजमा आफ्ना दुई स्मार्टफोन सार्वजनिक गरेको छ  ।

सामसङका नोट सिरिजमा अभ्यस्त भएकाहरूलाई नोट सिरिजको स्क्रिनदेखि ब्याट्रीसम्मको चासो हुन सक्छ । नेपालमा केही पछि बिक्री सुरु हुने यी स्मार्टफोनमा केही पुरानै फिचर सुधारिएका छन् भने केही नयाँ फिचर राखिएका छन् ।


नोट टेन प्लस


नोट टेन प्लस ६.८ इन्चको स्क्रिनसहित सार्वजनिक भएको छ । यसमा डाइनामिक एमोडेल स्क्रिन प्रयोग गरिएको छ । नोट टेन प्लसमा चार क्यामेरा सेटअप छन् । यसमा १२ मेगापिक्सेलको वाइड एंगल, १६ मेगापिक्सेलको अल्ट्रा वाइल्ड एंगल, १२ मेगापिक्सेलको टेलिफोटो र थ्रीडी डेप्थ फोटोको अर्को एउटा सेन्सर छ । अगाडि भने १० मेगापिक्सेलको एउटा क्यामेरा रहनेछ । सार्वजनिक गरिएको जानकारी अनुसार यसमा क्वालकम स्न्यापड्र्यागन ५५ र सामसङकै एक्सिनस ९२५ प्रोसेसर रहनेछ । नोट टेन प्लसमा १२ जीबी र्‍याम र २५६ तथा ५१२ जीबी स्टोरेजको विकल्प रहनेछ । यसलाई १ टीबीसम्म क्षमता बढाउन सकिनेछ ।


नोट टेन प्लसमा ४३ सय एमएएचको ब्याट्री प्रयोग गरिनेछ । यसको स्क्रिन र फिचरका कारण यो ब्याट्री क्षमता धेरै भने होइन । यसमा स्क्रिनमै फिंगरप्रिन्ट सेन्सरको सुविधा रहनेछ जसका कारण प्रयोगकर्तालाई फोन अनलक गर्न सहज हुन्छ । यो अहिले चल्तीमा रहेका करिब सबै हाइएन्ड फोनमा उपलब्ध फिचर हो ।यसबाहेक नोट टेन प्लसमा वायरलेस पावर सेयरिङ, वाटर रेसिस्टेन्ट, ब्लुतुथ कनेक्ट हुने एस पेन रहनेछ ।

नोट टेन


यसपटक नोट टेनको स्क्रिन आकार केही घटाइएको छ । यसमा ६.३ इन्चको स्क्रिन प्रयोग गरिएको छ । जुन नोट नाइनको भन्दा एक इन्च सानो हो । नोट टेनमा तीन वटा क्यामेरा सेटअप रहनेछ । नोट टेनमा १२ मेगापिक्सेलको वाइड एंगल, १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र १२ मेगापिक्सेलको टेलिफोटो सेन्सर रहनेछ । टेन प्लसमा रहेको थ्रीडी डेप्थ सेन्सर भने यसमा छैन । नोट टेन प्लसमा जस्तै यसमा १० मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ ।


कम्पनीले सार्वजनिक गरेअनुसार नोट टेन पनि स्न्यापड्र्यागन ५५ वा सामसङकै एक्सिनस ९२५ प्रोसेसरमा आधारित रहनेछ । नोट टेन २५६ जीबीको स्टोरेज र ८ जीबी र्‍यामको मोडलमा मात्रै उपलब्ध हुनेछ । यसको स्टोरेज बढाउने सुविधा भने हुने छैन, जसले यो नोट प्रयोगकर्तालाई दुःखी बनाउन सक्छ । नोट टेनमा ब्याट्री ३५ सय एमएएचको उपलब्ध हुनेछ । यो फिचर र स्क्रिन भएको फोनका लागि यो धेरै राम्रो ब्याट्री क्षमता भने होइन ।

नोट टेन प्लसमा जस्तै यसमा पनि वायरलेस पावर सेयर, वाटर रेसिस्टेन्टजस्ता फिचर रहने छन् । उपभोक्ताले ब्लुतुथ कनेक्ट हुने एस पनि प्राप्त गर्ने छन् ।

[email protected]

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?