औषधि र स्वास्थ्य प्रदर्शनी हुने  

अतुल मिश्र

काठमाडौँ — नेपाल औषधि उत्पादक संघ(एप्पोन)ले फागुनको तेस्रो साता चितवनमा तीन दिने ‘औषधि र स्वास्थ्य’ प्रदर्शनी गर्ने भएको छ ।

एपोनले फागुन १७ गते देखि तीन दिने ‘नेपाल फार्मा एण्ड हेल्थ एक्सपो’, गर्न लागेको हो । हरेक दुई वर्षमा राजधानीमा औषधि सम्बन्धि हुँदै आएको प्रदर्शनीको सातौँ श्रृंखला चितवनमा गर्नुको साथै यस पटकदेखि स्वास्थ्यलाई समेत समेटिएको छ ।


प्रदर्शनीमा २ सय स्टल अन्तर्गत विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय र १० वटा चिनियाँ कम्पनीको सहभागी रहनेछ । निजी क्षेत्रका १० वटा अस्पतालहरुले समेत प्रदर्शनीमा भाग लिने छन् । प्रदर्शनीमा ५० हजार भन्दा बढी अवलोकनकर्ता सरिक हुने एप्पोनले जनाएको छ ।


आत्मनिर्भरतातर्फ गइरहेको मुलुकको औषधि उद्योगमा भएको दिगो विकासलाई प्रदर्शनीमा हेर्न सकिने औँल्याउदै एप्पोनका अध्यक्ष दिपक प्रसाद दहालले भने,‘यस पटक हामी औषधि सँगै मुलुकको स्वास्थ्य क्षेत्रलाइ समेत समेटेका छौँ ।’


एप्पोनको अनुसार मुलुकमा हाल वर्षेनी करिब २५ अर्बको औषधि आयात गरिन्छ भने २० अर्ब बराबरको औषधि स्वदेशी उद्योगले निर्माण गर्ने गरेका छन् । हाल मुलुकमा ५३ वटा एलोपेथिक औषधि उद्योग रहेका छन् ।


प्रदर्शनीमा एप्पोनले मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान समेत गर्ने भएको छ ।

प्रकाशित : माघ ८, २०७५ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरीद्वारा नयाँ बसपार्कमा गोली प्रहार, एक घाइते

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरीले गोली प्रहार गरेर नयाँ बसपार्कबाट काभ्रेका ३० वर्षीय अभिलास तामाङलाई पक्राउ गरेको छ । होटल लकको १०४ नम्बर कोठामा पेस्तोलसहित बसिरहेको सूचना पाएर उनलाई पक्राउ गर्न प्रहरी टोली त्यहाँ पुगेको थियो । 

प्रहरीले ढकढक गरेपछि तामाङले ढोका खोलेर प्रहरीमाथि नै पेस्तोल ताकेका थिए । त्यसपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार तामाङको देब्रे खुट्टामा गोली लागेको छ । घाइते तामाङलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएको छ ।

प्रहरीले उनको साथबाट चाइनिज पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको छ । डीएसपी बोगटीका अनुसार अभिलासको लुटपाट र अपराधिक क्रियाकलापको पृष्टभूमि देखिन्छ । उनले भने, ‘अभिलासमाथि थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : माघ ८, २०७५ १८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×