अतुल मिश्र

सुर्तीजन्य बट्टामा चेतावनीमूलक चित्र छाप्न आनाकानी

सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत भाग चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कानुनी व्यवस्था चार वर्ष बित्दा पनि कार्यान्वयनमा आएको छैन । सुर्तीजन्य सेवन न्यूनीकरणका लागि जनचेतना फैलाउन गरिएको व्यवस्था कार्यान्वयनमा सरकार उदासीन देखिएको विज्ञहरूले आरोप लगाएका छन् ।

स्कुलेलाई सिकाए मुटुरोगको जोखिम कम

मुटुरोगको जोखिम घटाउने व्यवहार अनुसरण गर्नेमा विद्यार्थी अगाडि छन् । १० देखि १९ वर्षका बालबालिका र युवामा सकारात्मक परिवर्तन आएको अध्ययनमा पाइएको हो । उनीहरूले गर्दै आएको जोखिमपूर्ण व्यवहारमा सुधार आएको  अध्ययनले देखाएको छ । धेरैले बोतलका चिसो पेय पदार्थको सेवन गर्ने बानी छाडेका हुन् ।

खुला शौच ‘रोगको घर’

पत्याउनुहुन्छ ? एक ग्राम मानव मलमा १ करोड भाइरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवी सिस्ट र १ सय परजीवीका अन्डा हुन सक्छन् । यसैले तपाईंको गाउँ, टोल, छरछिमेकमा खुला शौच भइरहेको छ भने रोकिहाल्नुस् । यसले झाडापखाला, हैजा, ग्यास्ट्रोइन्ट्राइटिस, टाइफाइड, पेटमा कीरा पर्ने, हेपाटाइटिस, ट्रकोमा आदि थुप्रै रोग निम्त्याउन सक्ने विज्ञहरू बताउँछन् ।

‘कुकुरले टोके पर्खेर नबस्नू’

पहिले भन्ने गरिन्थ्यो, कुकुरले टोके १० दिनसम्म हेरौं, कुकुर मर्‍यो भने सुई लाऔं, जिउँदै रहे केही नगरौं । तर अब यसो भन्नु गलत हुनेछ । घरपालुवा, सामुदायिक वा जुनसुकै कुकुरले टोके, चिथोरे, खोस्रे तुरुन्त अस्पताल गएर सुई लगाउन चिकित्सकहरू सल्लाह दिन्छन् । उनीहरूका अनुसार समयमै खोप लगाए रेबिजबाट बच्न सकिन्छ ।

औषधि भन्दै ‘न्युट्रास्युटिकल’

बाख्राको दूध, चियापत्तीको रस, क्रेनबेरीको बोक्राको धूलो र गोलभेंडामा पाइने लाइकापिनलगायत उत्पादन औषधि भन्दै बिक्रीवितरण भइरहेको छ । बजारमा पाइने यस्ता करिब ८० प्रतिशतजति वस्तु कहाँबाट आएका हुन् र खपतको अवस्था के छ भन्ने पत्ता लगाउने संयन्त्र छैन । यति मात्र नभई करिब ५० प्रतिशतभन्दा बढी बिरामीलाई डाक्टरले तागत दिलाउने भन्दै यस्ता ‘न्युट्रास्युटिकल’ सिफारिस गरिरहेको सर्वेक्षणले देखाएको छ ।

अतुल मिश्रका लेखहरु :

सल्लाह नै असली ओखती

बिरामी कुर्सीमा बसेका छन् । डाक्टर कहिले उभिएर जाँच्छन् त कहिले बसेर सल्लाह दिन्छन् । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४४ वर्षीय डा.शेरबहादुर पुनले डेंगु संक्रमित प्रेक्रिप्सनमा लेख्दै भने, ‘पोसिलो झोल पदार्थ प्रशस्त खानुस् । ज्वरो सय नाघे सिटामोल खानुस् । निको भइहाल्नुहुन्छ, आत्तिनु पर्दैन ।’ 

वामदेवलाई पनि डेंगु

नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगुको संक्रमण भएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल स्रोतका अनुसार नेता गौतमलाई डेंगु ज्वरो देखिएको हो ।

डा. रुइतलाई पनि डेंगु

नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको हो । 

कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगु

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु लागेर अस्पताल भर्ना भएका छन् । मन्त्री खनाललाई बुधबार दिउँसोदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए।

फैलँदै डेंगुको प्रकोप

पछिल्लो दशकमा नेपालमा डेंगु रोगको विस्तार अत्यधिक देखिएको छ । यो वर्षपनि डेंगुका कारण देशका विभिन्न स्थानमा मानिस पीडित बनेका छन् ।