कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

तातोपानीले नुहाउँदा मधुमेह नियन्त्रित

काठमाडौँ — हालै गरिएको एक अनुसन्धान अनुसार तातो पानीले नुहाउनु मधुमेह नियन्त्रणमा आउने देखिएको छ । अध्ययनअनुसार तातोपानीले नुहाउँदा सुन्निएको अवस्थामा सुधार आउनुका साथै ब्लड सुगरको स्तरलाई समेत कम गर्छ । यो अध्ययन ‘जर्नल अफ एप्लाइड फिजियोलजी’मा प्रकाशित छ । यसअन्तर्गत लोफवोरा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दस जना गतिहीन बढी तौल भएका पुरुषको विश्लेषण गरे । 

तातोपानीले नुहाउँदा मधुमेह नियन्त्रित

यदि तपाईं एक घण्टासम्म तातोपानीले नुहाउनुहुन्छ भने यो व्यायामजस्तै शरीरका लागि फाइदाकारी हुन्छ र सुन्निएको अवस्थालाई समेत कम गर्छ । अध्ययनमा यो समेत पाइयो कि तातोपानीको टबमा केही समय रहनाले शरीरमा रक्तचाप कम गर्ने पदार्थसमेत निस्किने गर्छ ।


अध्ययनमा सहभागीहरूले ३८ डिग्री सेन्टिग्रेड (१००.४ डिग्री फरेनहाइट) को तापक्रम भएको तातोपानीमा नुहाए । उनीहरूको रगतको नमुना लिनुभन्दा अघि, त्यसको तत्काल २ घण्टापछि पुरुषमा ग्लुकोज र इन्सुलिनको स्तर परीक्षण गर्न सुन्नाइको मार्कर हेर्न लगियो । नुहाउने समय हरेक १५ मिनेटमा मुटुको चाल, रक्तचाप र शरीरको तापक्रमको तथ्यांकसमेत राखियो ।


तातोपानीले नुहाउने पुरुषलाई रगत परीक्षण गराउनुभन्दा पहिले दुई सातासम्म कम्तीमा १० पटक नुहाउने सल्लाह दिइयो । परिणामले के थाहा पाइयो भने तातोपानीले मात्र नुहाउँदा रगतको प्रवाहमा ‘इन्फ्लामेट्री केमिकल ‘आईएल–६’ को स्तरलाई बढाउँछ । यो व्यायामको समयसमेत बढ्छ, जो ‘इन्फ्लामेट्री रेस्पोन्स’ लाई बढाउँछ । एक पटकको तातोपानीको नुहाइले नाइट्रिक अक्साइडलाई निष्कासन गर्छ, जसले रगतको नलीलाई आराम दिन्छ र यसैले रक्तचापसमेत नियन्त्रणमा रहन्छ ।


प्रकाशित : पुस २६, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?