कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरी ४ : मन्त्री कार्की र एमालेका प्रतिनिधीबीच बैठकमै चर्काचर्की

काठमाडौँ — धाँधली भएको आरोप लगाउँदै सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका प्रतिनिधि र एमालेका कार्यकर्ताहरुबीच विवाद भएको छ ।

सुनसरी ४ : मन्त्री कार्की र एमालेका प्रतिनिधीबीच बैठकमै चर्काचर्की

सर्वदलीय बैठक बसिरहेको बेला दुई पक्षबीच झडपको स्थिती बनेपछि प्रहरीले केहीलाई मतगणनास्थल परिसरबाट निकालेको छ ।

शुक्रबार राति निर्वाचन कार्यालयले एमालेको पक्षमा ६ सय ६ मत इन्ट्री गरिदिएको दाबी गर्दै कांग्रेसका प्रतिनिधिले मतगणना रोकेका छन् ।

शनिबार दिउँसो २ बजेदेखि मत गणना रोकिएपछि अपरान्ह सर्वदलीय बैठक बोलाइएको हो । बैठक चलिरहेको बेला दुवै पक्षबीच कुटाकुटको स्थिति बनेपछि प्रहरीले उनीहरुलाई निकालेको थियो ।

इनरुवा नगरपालिकाको वडा नम्बर १ स्थित भगवती माविस्थित गणनास्थलमा बैठक बसिरहेको छ ।

प्रहरीको बाक्लो उपस्थिती छ भने दुवै पक्षका कार्यकर्ता गणनास्थलबाहिर जम्मा भएका छन् । यो क्षेत्रमा मन्त्री कार्की र एमालेका नेता जगदिश कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

प्रतिनिधिसभातर्फ दिउँसो २ बजेको नतिजा अनुसार कार्कीले २१ हजार ४ सय ४५ मत प्राप्त गर्दा कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गरेका छन् । कार्की १२ मतले अगाडि रहेका छन् । सुनसरी ४ मा ३२ वटा वडामध्ये २२ वटा वडाको मतगणना भइसकेको छ ।

सम्बन्धित समाचारः

धाँधली भएको आरोपमा सञ्‍चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना स्थगित

प्रकाशित : मंसिर १०, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?