धाँधली भएको आरोपमा सञ्‍चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना स्थगित

सुम्निमा चाम्लिङ

(इटहरी) — सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका प्रतिनिधिले मत गणना स्थगित गराएका छन् ।

शुक्रबार राति निर्वाचन कार्यालयले एमालेको पक्षमा ६ सय ६ मत इन्ट्री गरिदिएको दाबी गर्दै कांग्रेसका प्रतिनिधिले मत गणना रोकेका हुन् ।

उनीहरुले शनिबार दिउँसो २ बजेदेखि मत गणना रोक्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

मतगणनाको विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

यो क्षेत्रमा मन्त्री कार्की र एमालेका नेता जगदिश कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । 0

प्रतिनिधिसभातर्फ दिउँसो २ बजेको नतिजा अनुसार कार्कीले २१ हजार ४ सय ४५ मत प्राप्त गर्दा कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गरेका छन् । कार्की १२ मतले अगाडि रहेका छन् । सुनसरी ४ मा ३२ वटा वडामध्ये २२ वटा वडाको मतगणना भइसकेको छ ।


प्रकाशित : मंसिर १०, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

इलाम २ को मत गणना रोकियो

विप्लव भट्टराई

इलाम — प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना भइरहँदा रोकिएको छ । निर्वाचत अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका छन् ।

गणना गर्न बाँकी रहेको १९ सय ९२ मत गणनाका क्रममा विवाद भएको थियो । पछिल्लो गणना अनुसार सुवास नेम्बाङ १ सय ३० मतले मात्रै अगाडि छन् ।

सत्ता गठबन्धनका दलहरुले मत गणनाप्रति विश्वास नभएको भन्दै विरोध गरिरहेका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×