कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वमा आज : नारायणहिटी दरबार हत्याकाण्डदेखि हेलेन केलरको मृत्युसम्म

काठमाडौँ — आज जुन १, २०२० । विक्रम संवत् २०७७ साल जेठ १९ गते । आजकै दिन १९ वर्ष अगाडि नेपालको नारायणहिटी राजदरबार हत्याकाण्ड भएको थियो  । उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशकै हत्या भएको थियो । हामीले जुन १ मा विश्वमा विभिन्न समयमा घटेका प्रमुख घटनालाई समेटेका छौं ।

विश्‍वमा आज : नारायणहिटी दरबार हत्याकाण्डदेखि हेलेन केलरको मृत्युसम्म

मुख्य घटना

२००९ : एनबीसीबाट अबेर राति प्रस्तुत हुने प्रख्यात टक–सो ‘द टुनाइट सो’ प्रसारण सुरु । यो एनबीसीको इतिहासमै सबैभन्दा लामो समय चलेको टेलिभिजन कार्यक्रम । सुरुमा यसका प्रस्तुतकर्ता हास्यकलाकार कोनन ओ’ब्राइन ।

२००९ : अमेरिकी मोटर निर्माता कम्पनी जनरल मोटर्सले पहिलोपल्ट टाट पल्टको घोषणा गर्न निवेदन । केही समयको अन्तरमै जनरल मोटर्स आर्थिक रूपमा सबल कम्पनी हुन सफल ।

२००१ : नेपालमा नारायणहिटी राजदरबार हत्याकाण्ड, जुन १ २००१(२०५८ साल जेठ १९) गते भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो

१९९६ : एचडी देवेगौडा भारतको ११औं प्रधानमन्त्रीमा निर्वाचित

१९८० : केवल न्युज नेटवर्क (सीएनएन) को सुरुआत । टेड टर्नरले सुरु गरेको २४ घण्टा समाचार प्रसारण गर्ने संस्थाको मुख्यालय अमेरिकाको एटलान्टामा । सन् १९९१ को पर्सियन गल्फ युद्धबारे विस्तृत रूपमा समाचार प्रसारण गरेपछि ख्याति प्राप्त गरेको ।

१९६८ : अमेरिकी लेखिका तथा अभियन्ता हेलेन केलरको निधन ।

१९४५ : राष्ट्रवादी नेता सुकार्नोद्वारा इन्डोनेसिया निर्माणका लागि पाँच सिद्धान्तबारे पहिलो पल्ट घोषणा । त्यही सिद्धान्तमा टिकेर पछि इन्डोनेसियाको स्थापना ।

१९२६ : अमेरिकाकी चर्चित नायिक मर्लिन मुनरोको लस एन्जलसमा जन्म ।

१९०७ : इंग्लिस इन्जिनियर तथा पाइलट फ्रायन्क ह्वाइटलको जन्म । उनी जेट इन्जिनका जन्मदाता हुन् ।

१७९४ : एटलान्टिक महासागरमा इंग्ल्यान्ड र फ्रान्सबीच युद्ध सुरु । विश्वकै पहिलो ठूलो नौसैनिक युद्ध ।

स्रोत : एजेन्सी

प्रकाशित : जेष्ठ १९, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?