कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल्ट्राधावक मिरा राईको लकडाउन डायरी 

अहिले घर बस्दा आफू बचिन्छ, अरुलाई बचाइन्छ । कोरोनालाई परास्त गर्न सकिन्छ ।

लकडाउन हुनुभन्दा तीन दिनअघि साथी अनुपमा मगर (तेह्रौं साफमा कराँतेको गोल्डमेडलिष्ट) र म झापा सुरुङ्गास्थित घर आइपुगेका थियौं । खास काम थिएन, भेटघाट गर्न, इलामतिर डुल्ने योजना थियो । साथीको घरचाहिँ उदयपुर । हाम्रो सम्बन्ध माओवादी जनयुद्धदेखिकै हो । काठमाडौंमा सँगै बस्न थालेको पनि ५/६ वर्षै भयो । 

अल्ट्राधावक मिरा राईको लकडाउन डायरी 


लकडाउन हुनु दुईदिन अघि इलाम गइम् । त्यहाँ संगीतकार महेन्द्र राई दाईलाई भेटिम् । चियाबगान डुलिम् । लकडाउनको अघिल्लोदिन घर फर्किम् । झोला बिसाएर अर्जुनधारामा बहिनी/साथी एस्टर राई (तेह्रो साफ गेममा कराँतेको कास्य) को घर गइम् । एस्टर बहिनी अलिक पहिल्यै घर आइसकेकी थिइन् । एस्टर, अनुपमा र म बालाजुमा सँगै बस्ने हो । त्यही भएर काठमाडौं फर्किनुअघि एस्टर बहिनीको घर पुगेका थियौं । लकडाउन हुन्छ भन्ने कल्पनै गरेको थिइनँ मैले । काठमाडौं फर्किहाल्ने सोच थियो । हेर्नुन्, लकडाउनले बन्दीझैं भयौं । उम्किनै पाइएन ।

अर्जुनधाराबाट मेरो घर सुरुङ्गा ७/८ किलोमिटर मात्र पर छ तर लकडाउनले जानै पाएइन् । एस्टरकैं घरमा बसेको छौं । करेसाबारीमा गयो । गोडमेल, सरसफाई गर्‍यो । तरकारी ल्यायो । आमाले खाना पकाएर खुवाउनुहुन्छ ।

बिहान ५ बजे उठ्छु । एक घण्टा ‘एक्सरसाइज’ गर्छु । जगिङ, सेटअपहरु । ‘ट्रेनिङ’ गर्नै पाएको छैन । बिहान–बिहानै दैनिक चार घण्टा दौडनुपथ्र्यो । सबै खत्तम भयो । यहाँ बाहिर निस्किनै पाइदैन । कहाँ दौडिनु ? एक्सरसाइज गरेपछि हातमुख धोयो । चिया, खाजा खायो । दोस्तहरुसँंग करेसाबारी गयो । करेसाबारीमै घुम्यो । फोटो, भिडियो खिच्यो । तर, दिन काट्न साह्रै गाह्रो ।

जीवनकथा लेखिएका अंग्रेजी किताबहरु पढ्छु । यो मेरो लागि पढ्ने, सिक्ने अवसर पनि हो । फेसबुक, टिकटक चलाउँछु । ‘मेमोरी’ का लागि फोटो, भिडियोहरु अपलोड गर्छु । कोरोना भाइरसबाट जोगिन सचेतनाका लागि फेसबुकमा स्ट्याटस अपडेट गर्छु । मेरो फेसबुकमा ५१ हजार बढी फलोअर्स हुनुहुन्छ । दिउँसै सुतिदिन्छु पनि ।

सुरुङ्गाको घरमा माइली बहिनी, भाउजू र भदैनी बस्छन् । बुवाआमा र भाई भोजपुरको सानोदुम्माकै पुख्र्यौली घरमा । कान्छी बहिनी पाँचथरमा बस्छिन् । दाई मलेसिया हुनुहुन्छ । सबैसँंग दिनमा एकचोटी फोन हुन्छ । आमाबुवालाई घरबाट कहीं नजानु भन्छु । र, पनि धेरै फुर्सद भएजस्तो लाग्छ । यस्तो दिन आउँछ भनेर कहिल्यै सोचेको थिइनँ । ‘ओ माइ गड !’

काठमाडौंमा हुँदा कहिलेकाहिँ त खाना खानै भ्याउदिन थिएँ । अति नै व्यस्त हुन्थे । साथीले खाना खान किन नआएको भनेर गाली गर्नुहुन्थ्यो । अहिले घरैभित्र बस्नुपर्दा साह्रै छटपटी भएको छ । सायद द्धन्द्धकालमा पनि यस्तो भएको थिएन ।

घरैमा बस्नुपर्ने हाम्रो दायित्व हो । कोरोनाले विश्व नै खतरामा छ । इटालीमा त्यस्तो गाह्रो भइरहेको छ । यो ‘डेन्जर’ परिस्थितिबाट बच्नु हामी सबैको दायित्व हो ।

आउने सेप्टेम्बरमा इटालीमा १ सय २० किलोमिटरको रेसमा सहभागि हुन लागेको थिएँ । इटालीको अवस्था त्यस्तो भयावह छ । उताबाट आयोजकले अहिलेको अवस्थामा केही भनेको छैन । तर मेरो विचारमा यो बर्ष रेस हुँदैन होला । सन् २०२० यत्तिकै जाने भयो । बादलभित्रको कुहिरोजस्तै भएको छ जिन्दगी । कस्तो–कस्तो लाग्ने । के हो–के हो जस्तो लाग्ने । अनौठो नि π

आशा छ, कोरोनाको समस्या चाँडै समाधान भएर नियमित काममा फर्कन सकौंँ । स्वास्थ्य नै धन हो । देश विदेशमा रहेको नेपालीहरु, मेरा साथीभाई, शुभचिन्तक सबै सबैलाई ‘टेक केयर’ ।

हामी सबैले डिटोल साबुनले हात धोऔं । मास्क, सेनिटाइजर प्रयोग गरौं । बाहिर भिडभाडमा ननिस्कौं । आफु बाँचौ, अरुलाई बचाऔ । परिवारलाई समय दिऔं । चिन्ता नलिऔं ।

सरकारले तोकेको लकडाउन अवधिभर घरमै बसौं । अत्यावश्यक सामान किन्न जादा कम्तीमा तीन फिटको दुरी कायम गरौं । हामीले इटालीको जस्तो भोग्न नपरोस् । म पनि धैयर्ताका साथ सेल्फ–क्वारेन्टाइनमा बसिरहेको छु । सचेत बनौ । विश्वलाई परेको समस्या हो । रमाइलो गरेर समय बितार्औ । कोरोना भाइरसलाई जितौँ ।

प्रस्तुति : विद्या राई

प्रकाशित : चैत्र १७, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?