कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गड्स बफ्यालो'लाई क्यानडाको अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्चीको बाढीले बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री 'गड्स बफ्यालो'ले क्यानडाको ब्यान्फ माउन्टेन फिल्म फेस्टिभलमा स्पेशल जुरी अवार्ड जित्न सफल भएको छ ।

'गड्स बफ्यालो'लाई क्यानडाको अवार्ड

विष्णु कल्पितले खिचेको यस डकुमेन्ट्रीले यसअघि नै 'किम्फ'मा उत्कृष्ट डकुमेन्ट्री र 'उत्कृष्ट ईसीमोड माउन्टेन फिल्म' जितेको थियो ।

१४ मिनेट लामो यो डकुमेन्ट्री यसअघि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरू 'एनिमल फ्याबुला', 'वनअर्थ अवार्ड', 'कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभल'मा छनोटमा परेको थियो ।

निर्देशक विष्णु कल्पितले मेलम्चीमा रिपोर्टिङमा जाँदा यो डकुमेन्ट्रीलाई खिचेका थिए । 'यो अवार्डका लागि ब्यान्फका सम्पूर्ण जुरी सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु,' कल्पितले खुसी व्यक्त गरेका छन् । कल्पित यस डकुमेन्ट्रीका निर्देशकसमेत हुन् ।

प्रकाशित : कार्तिक २१, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?