२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

'मिस ग्ल्याम वर्ल्ड' को उपविजेता बनिन् आयुषा

काठमाडौँ — २१ वर्षीया आयुषा प्याकुरेल 'मिस ग्ल्याम वर्ल्ड २०२३' की पहिलो उपविजेता बनेकी छन् । प्रतियोगितामा बेल्जियमकी जम्की तेन्जिनले क्राउन जित्दा चितवनकी आयुषाले पहिलो उप-विजेताको उपाधि जितेकी हुन् । 

'मिस ग्ल्याम वर्ल्ड' को उपविजेता बनिन् आयुषा

'यो उपाधि जित्दा त सुरुमा विश्वास गर्नै गाह्रो भयो । स्टेजमा मेरो नाम घोषणा हुँदासमेत विश्वास लागिरहेको थिएन । तर, जब विश्वास लाग्यो बल्ल मेरो मिहेनतको नतिजा आयो भन्ने लाग्यो,' आयुषाले भनिन् ।

पत्रकारिताकी विद्यार्थीसमेत रहेकी आयुषा अहिले जनसम्पर्क अधिकृतका रुपमा कार्यरत छिन् ।

प्रकाशित : असार १४, २०८० १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?