कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजु र करणको 'धन्यवाद'

काठमाडौँ — गायक राजु लामा र 'द भ्वाइस अफ नेपाल ४' विजेता करण राईले 'धन्यवाद'बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । राजुकै शब्द र संगीत रहेको गीतमा देवेश राईको एरेज र मिक्सिङ छ । गीतमा भने राजु र करणको स्वर समावेश छ । 

राजु र करणको 'धन्यवाद'

गीतको भिडियो करणको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा पनि गायकद्वय देखिएका छन् । गीतको भिडियोलाई इशक जाबेगुले निर्देशन र छायांकन गरेका हुन् । गीतमा सुप्रिम पराजुलीको सम्पादन र रंग संयोजन छ ।

यो नयाँ गीतलाई फ्यानप्रति समर्पित गर्छन्, राई । 'नमस्कार/ सेवा/ सेवारो सम्पूर्णमा ! द भ्वाइस अफ नेपाल सिजन-४ को यात्रामा यहाँहरुले जति माया, साथ, हौसला र आशिर्वाद दिनुभयो । त्यसको बदलामा मैले जति नै धन्यवाद दिए पनि सायद कम हुन्छ,'सामाजिक सञ्जाल फेसबुकमा राईले लेखेका छन्,'तथापि हजुरहरुले दिनुभएको प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु/कोच आदरणीय राजु लामा सर र मेरो तर्फबाट हाम्रो आवाजमा यीनै कृतज्ञताको शब्दहरु सहित यो 'धन्यवाद'गीत यहाँहरु माझ अर्पण गर्दछौं। आशा छ ! यहाँहरुले हामीलाई यसैगरी माया, प्रेम, साथ, हौसला र आशिर्वाद दिइरहनु हुनेछ ।'

प्रकाशित : असार १७, २०८० १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?