कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डको १५ विधाका शीर्ष पाँच सार्वजनिक

काठमाडौँ — असार २१ मा आयोजना हुने ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ को १५ विधाका शीर्ष पाँचको मनोनयन सार्वजनिक भएको छ । १५ विधामा वितरण गरिने अवार्डको शीर्ष पाँच/पाँच मनोनयन सार्वजनिक गरिएको हो । 

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डको १५ विधाका शीर्ष पाँच सार्वजनिक

उत्कृष्ट नवगायक/गायिकाको मनोनयनमा अंकिता पुन, देवेन्द्र बब्लु, सलिन मगर, सुरज पण्डित र प्रशन्नमान शाक्य परेका छन् भने उत्कृष्ट रचानाकारतर्फ राजुबाबु श्रेष्ठ, हर्क शाउद, आनन्द अधिकारी, कुमार नगरकोटी र लेखराज गिरी छन् । त्यस्तै, उत्कृष्ट संगीत निर्देशकतर्फ कार्की जी, राजु सिंह, हरि लम्साल, सुरज पण्डित र आनन्द राई छन् । उत्कृष्ट लोकदोहरी गायिकातर्फ भने देवी घर्तीमगर, पूर्णकला बीसी, गीता देवी, शान्तिश्री परियार र सम्झना भण्डारी छन् भने गायकतर्फ कुलेन्द्र विश्वकर्मा, राजु परियार, प्रकाश दुतराज, प्रकाश सपूत र रामजी खाँण छन् ।

उत्कृष्ट पार्श्वगायकतर्फ रवि ओड, अनमोल गुरुङ, सुरेश लामा, प्रताप दास र सत्यराज आचार्य मनोनयनमा परेका छन् भने गायिकातर्फ अस्मिता अधिकारी, प्रविशा अधिकारी, झुमा लिम्बू, सज्जा चौलागाईं र निकिता थापा छन् । त्यस्तै उत्कृष्ट राष्ट्रिय संगीतको विधामा गायक सुमित खड्का, विधान श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य र सञ्जय लिम्बू छन् । उत्कृष्ट पप गायकतर्फ स्वप्न सुमन, सुगम पोखरेल, सुशान्त केसी, सज्जनराज वैद्य र लोचन रिजाल छन् भने गायिकातर्फ त्रिशला गुरुङ, आस्था राउत, तृष्णा गुरुङ, अंकिता पुन र सुवानी मोक्तान छन् । उत्कृष्ट सांगीतिक समूहमा भने एम्टी ८८४८, अल्बाट्राेस, १९७४ एडी, अभया एन्ड द स्टिम इन्जिन र अनुप्रस्थ रहेका छन् ।

आधुनिक गायकको विधातर्फ राज सिग्देल, राजेशपायल राई, शिव परियार, सुरज पण्डित र रामकृष्ण ढकाल छन् भने गायिकामा रचना रिमाल, इन्दिरा जोशी, एलिना चौहान, सुनिता थेगिम र बानिका प्रधान छन् । उत्कृष्ट युगल संगीतमा सुमीत पाठक र मीना निरौला, सुजन चापागाईं र शान्तिश्री परियार, महेश काफ्ले र अस्मिता अधिकारी, स्वप्न सुमन र त्रिशला गुरुङ, देवेन्द्र बब्लु र सज्जा चौलागाईं रहेका छन् । त्यस्तै पिपुल च्वाइस अवार्डमा एलिना चौहान, दिनेश दाहाल, सुशान्त केसी, प्रकाश सपूत र शान्तिश्री परियार र सज्जनराज वैद्य मनोनयनमा परेका छन् ।

रेडियो कान्तिपुरले २४औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने यो पाँचौं संस्करणको अवार्डमा २०७८ देखि २०७९ साउनसम्म प्रशारणमा आएका गीतबाट मनोनयन सार्वजनिक गरिएको हो । दीर्घ साधना अवार्ड (लाइफटाइम अचिभमेन्ट) बाट एक जना संगीतसाधकलाई पुरस्कार रकम एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिने भएको छ ।

कार्यक्रममा गायक/गायिकाहरू स्वप्न सुमन, समीर श्रेष्ठ, सुशान्त केसी, प्रकाश सपूत, शिव परियार, सुवानी मोक्तान, सन्दीप क्षेत्री, सज्जन श्रेष्ठ, गजलकार प्रदीप रोदनको प्रस्तुति रहनेछ । कार्यक्रमको आकर्षणका रुपमा इन्डियन आइडल सिजन १० (२०१८) का विजेता सलमान अलीको विशेष प्रस्तुति रहनेछ ।

प्रकाशित : असार १४, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?