कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नयाँ वेब सिरिज 'यस्तै हो लाइफ'

कान्तिपुर संवाददाता

काठमाडौँ — भविष्यको खोजीमा रहेका ६ साथीबीचको मित्रता, प्रेम र आत्मखोजको कथा समेटिएको नयाँ वेब सिरिज असार १५ देखि सार्वजनिक हुने भएको छ । ईलम दीक्षित निर्देशित 'यस्तै हो लाइफ' शीर्षकको यो वेब सिरिज 'स्टुडियो आकार'नामक युट्युब च्यानलबाट सार्वजनिक हुने जनाइएको हो । 

नयाँ वेब सिरिज 'यस्तै हो लाइफ'

सिरिजलाई दीक्षित र सानिया शाह मिलेर लेखेका हुन् । ८ एपिसोडमा तयार भएको सिरिजको आज पहिलो एपिसोड सार्वजनिक हुँदैछ । यही साताभित्र सबै एपिसोड सार्वजनिक गरिने निर्देशक दीक्षितले बताए ।

सिरिजमा कलाकाहरु मेनुका प्रधान, दिव्य देव, सिर्जना रेग्मी, नम्रता सापकोटा, अमोद भट्ट र स्मिथ तामाङको प्रमुख अभिनय छ । त्यसै रमा थपलिया, लूनिभा तुलाधर र समीरमणि दीक्षित भने अतिथि भूमिकामा देखिँदैछन्। श्याम तामाङले खिचेको यो सिरिजलाई तुषार तण्डुकारले सम्पादन गरेका हुन् ।

प्रकाशित : असार १५, २०८० १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?