कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘जवान’ को रेकर्ड

एजेन्सी

मुम्बई — शाहरूख खान अभिनीत बलिउड फिल्म ‘जवान’ ले प्रदर्शनको करिब दुई महिनाअघि नै रेकर्ड कायम गरेको छ । फिल्मको म्युजिक रिलिजअगावै कीर्तिमानी मूल्यमा बिक्री भएको हो ।

‘जवान’ को रेकर्ड

भारतीय सञ्चारमाध्यमका अुनसार फिल्मको म्युजिक राइट्स टी–सिरिजले ३६ करोड भारुमा किनेको हो । विभिन्न कम्पनीको प्रतिस्पर्धाबीच भूषण कुमारको टी–सिरिजले ‘जवान’ को म्युजिक राइट्स किन्न सफल भएको हो ।

म्युजिक राइट्स बिक्री भएसँगै फिल्मको चर्चामात्रै चुलिएको छैन, ‘पठान’ पछि शाहरूखको फिल्मले फेरि एक पटक बक्स अफिसमा तहल्का मच्चाउने अनुमान गरिएको छ । एटली कुमार निर्देशित फिल्म सेप्टेम्बर ७ मा सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

फिल्ममा शाहरूख खान, नयन तारा, विजय सेतुपति, सान्या मलहोत्रा, प्रियामनी, अल्लु अर्जुनलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलर फिल्म ‘जवान’ मा शाहरूखको उत्कृष्ट एक्सन रहेको बताइएको छ । शाहरूखको अर्को फिल्म ‘डंकी’ यसै वर्षको डिसेम्बरमा प्रदर्शन हुँदै छ ।

प्रकाशित : असार १७, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?