कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दशरथ रंगशालामा ‘दसैं फेस्ट’ आयोजना हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ‘दसैं फेस्ट’ आयोजना हुने भएको छ । दसैंको अवधिमा काठमाडौंमा चहलपहल बढाउन ‘दसैं फेस्ट’ आयोजना गरेको आयोजक कमिटीका संयोजक श्री गुरुङले बताए ।

दशरथ रंगशालामा ‘दसैं फेस्ट’ आयोजना हुँदै

‘बडादसैं भनेको परिवार साथीभाइलाई एकजुट गराउने पनि हो, तर काठमाडौं यसबेला सुनसान हुन्छ, चहलपहल होस्भ नेर यसको सुरुवात गरेका हौं,’ उनले भने, ‘पारिवारिक, साथीभाइबीच ग्यादरिङ गर्दै एकसाथ म्युजिकल इन्टरटेनमेन्ट, सपिङ र खानाको स्वाद लिन पाउने प्रबन्ध गरेका छौं ।’ युवा पुस्ता लक्षित यस कार्यक्रममा २० हजारको उपस्थिति हुने आयोजकले लक्ष्य राखेको छ ।

‘फेस्ट’मा द एज ब्याण्ड, नीतेशजंग कुंवर, वर्तिका राई, स्वप्न सुमन, भेक, यावेश, दोङ, त्रिशला गुरुङ, सुवानी मोक्तान र इलेमेन्टस् ब्याण्ड लगायत कलाकार तथा व्याण्डहरूको सांगीतिक प्रस्तुती मुख्य आकर्षण रहनेछन् ।

त्रिशरा, अक्टेभ दरबारमार्ग, मोन्स्टर मिल, चिकेन स्टेसन, डल्ले, भेरा पिज्जा, ट्यामरीन्ड ग्रुप, बबल टी, पर्पल हेज, एड्रेस लाउन्ज लगायत काठमाडौंमा चर्चित १५ रेष्टुराँहरूको परिकार स्टल फेस्टमा रहनेछन् । ती रेष्टुराँले नियमित मूल्यमा नेपाली, नेवारी, इन्डियन, कोरियन लगायत खाना पस्कनेछन् ।

यसैगरी २० वटा चर्चित सपिङ सेन्टरहरूको फेन्सी लुगाकपडा तथा अन्य सामानहरूको सपिङ स्टलहरू रहने बताइएको छ । टिकटदर प्रतिव्यक्ति १५ सय, २५ सय र ३५ सय तोकिएको छ । कार्यक्रम शनिबार बिहान ११ बजे सुरु हुने र राति ८ बजे सम्पन्न हुनेछ ।

कम्पनीहरू पार्टी नेपाल, अपट्रेन्डिल मिडिया, केटीएम लाइभ इभेन्ट, अर्वेट्री ग्रुपले दसैं फेस्टको संयुक्त आयोजना गरेका हुन् ।१० वर्षअघि यस्तै कार्यक्रम विदेशी कलाकारले रंगशालामै आयोजना गरेका थिए ।

प्रकाशित : आश्विन १३, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×