कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

शुक्रबार प्रदर्शनमा 'झिंगेदाउ' र 'सम्हालिन्छ कहिले मन'

काठमाडौँ — शुक्रबार दुई नेपाली फिल्म 'झिंगेदाउ' र 'सम्हालिन्छ कहिले मन' प्रदर्शनमा आएका छन् ।

शुक्रबार प्रदर्शनमा 'झिंगेदाउ' र 'सम्हालिन्छ कहिले मन'

ज्ञानेन्द्र देउजा निर्देशित 'झिंगेदाउ'मा यही शीर्षकमा लेखिएको भीमनिधि तिवारीको कथामा आधारित भएर बनाइएको फिल्म हो । फिल्ममा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल र कुशल विष्टको अभिनय छ ।

त्यस्तै सुदर्शन थापा निर्देशित फिल्म 'सम्हालिन्छ कहिले मन' भने त्रिकोणात्मक प्रेममा आधारित छ । फिल्ममा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र गायनबाट अभिनयमा प्रवेश गरेका सोनम तोप्देनको अभिनय छ ।

क्युएफएक्समा 'प्रकाश' र 'राधा'ले अपेक्षित सो नपाएपछि विवाद भएको थियो । तर, यी दुई फिल्मलाई भने सो वितरणमा खासै विभेद देखिन्न । यी दुई फिल्मसँगै हलमा 'प्रकाश' र 'लाइगर' प्रदर्शनरत छन् ।

प्रकाशित : भाद्र १७, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?