कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महँगो रकममा भित्रियो 'लालसिंह चड्ढा' 

कान्तिपुर संवाददाता

काठमाडौँ — आमिर खान अभिनित फिल्म 'लालसिंह चड्ढा'लाई २ करोडमाथिको रकममा किनेर नेपाल प्रदर्शन गर्ने भएको छ । पछिल्लो समय वितरण गरेको 'पुष्पा', 'आरआरआर'भन्दा महँगो रकममा फिल्मलाई नेपाल भित्र्याइएको नेपाल वितरक मनोज राठी बताउँछन् । 

महँगो रकममा भित्रियो 'लालसिंह चड्ढा' 

फिल्मलाई ब्यांकटेस इन्टरटेन्टमेन्टले नेपाल वितरण गर्दैछ । यो फिल्मले पछिल्लो सबै फिल्मको रेकर्ड तोड्ने छाँटकाँट देखाएकै कारण महँगो रकममा नेपाल वितरण गर्न लागेको राठीको भनाइ छ ।

'पुष्पा पहिला ब्रान्ड बनिसकेको थिएन । आमिर खानको फिल्मबाट त आसावादी पनि भइन्छ । त्यही आसमा हामीले पनि फिल्म ल्यायौं । अहिलेसम्मका सबै रेकर्ड यो फिल्मले तोड्छ होलाजस्तो लाग्छ । यो फिल्म त परिवार सबैले हेर्न सकिन्छ । यो फिल्मबाट हाम्रो एकदमै अपेक्षा छ,'राठीले भने ।

टम ह्यांक्सको ब्लकबस्टर फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक भएकै कारण पनि फिल्म दर्शकबीच अपेक्षित बनेको छ ।

प्रकाशित : श्रावण १८, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?