१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्ट्रिमिङ प्लेटफर्मबाट हटाइयो माइकल ज्याक्सनका तीन गीत

काठमाडौँ — नक्कली आवाज समावेश भएको आरोपपछि माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइ र एप्पल म्युजिकबाट हटाइएको छ । सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले हालै 'ब्रेकिङ न्युज', 'किप योर हेड अप' र 'मोन्स्टर'बोलको गीत गायकको सन् २०१० को एल्बम 'पोस्टथोमस' बाट हटाएका हुन् ।

स्ट्रिमिङ प्लेटफर्मबाट हटाइयो माइकल ज्याक्सनका तीन गीत

ज्याक्सनका प्रशंसकले यी तीन गीतमा नक्कली आवाज रहेको दाबी गर्दै अदालतमा यो मुद्दा लगेका थिए । सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले तीन गीत हटाउनुको सम्बन्ध गीतको सत्यतासँग नजोडिएको उल्लेख गरेका छन् । 'यी गीतबारे उठिरहेको कुराहरुलाई साम्य बनाउनका लागि चालेको कदम हो यो,'गीत हटाइएको कारण खुलाउँदै सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले उल्लेख गरेको छ ।

गायकको निधनपश्चात सार्वजनिक गरिएको एल्बममा समावेश सबै गीत माइकलले नै गाएको हो भन्नेमा उनका परिवारसमेतलाई शंका थियो । 'मैले धेरै पटक यो कुरालाई उठाएँ, तर उनीहरुले मेरो कुरा नै सुनेनन्,'ज्याक्सनका भतिजले ट्विटरमा लेखेका छन्,'ती गीतहरु ज्याक्सनले गाएको जस्तो पनि थिएन ।'

उनको ट्विटमा प्रतिक्रिया जनाउँदै सोनीले लेखेको छ,'हाम्रो अनुसन्धान र स्टुडियोमा भएको खाताले पनि गीतमा आवाज माइकलकै रहेको देखाउँछ ।' सन् २०१४ मा गायक ज्याक्सनका फ्यान भेरा सरोभाले विभिन्न स्ट्रिमिङ प्लेटफर्मविरुद्ध नक्कली आवाजमा माइकलको गीत भन्दै लाखौं कमाइ गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् । तर, ज्याक्सन प्रतिष्ठानले भने आफूहरुविरुद्धको आरोप गलत रहेको बताउँदै आएका छन् ।

प्रकाशित : असार २३, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?