कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'प्रसाद २' बन्ने 

काठमाडौँ — फिल्म 'प्रसाद'को सिक्वेल बन्ने भएको छ ।  सुदर्शन थापाको निर्दशन रहने फिल्ममा पुरानै कलाकार नम्रता श्रेष्ठ, विपिन कार्की दोहोरिएका छन् । निश्चल बस्नेत भने फिल्ममा दोहोरिएका छैनन् । 

'प्रसाद २' बन्ने 

पत्राकार सुशील पौडेलको लेखनमा बन्ने फिल्ममा अभिनेता कलाकार अर्पण थापा, राज कटुवाल, रेश्मी पाण्डेलगायतको अभिनय रहने छ । फिल्मको निर्माता भने केशव पाण्डे रहेका छन् ।

'प्रसादलाई जुन स्तरमा हामीले पहिला प्रस्तुत गरेका छौं त्योभन्दा राम्रो काम गर्ने प्रयास गरेका छौं । टिम राम्रो बनेको छ । सिक्वेल फिल्म जसरी संख्यात्मक रूपमा ब्याज खानका लागि बनाइने प्रचलन छ,' लेखक पौडेलले भने, 'तर हामीले फिल्मलाई जहाँबाट टुंग्याएका थियौं त्यसैबाट अगाडि बढाउने छौं । यो वास्तविक सिक्वेल फिल्म हुनेछ ।'

फिल्ममा राजनराज सिवाकोटीको संगीत निर्माण टिमले जानकारी दिएको छ । निर्देशक थापा फिल्मको सिक्वेल बन्ने सुन्दै गर्दा आफूमा नयाँ जिम्मेवारी थपिएको बताए ।

'पहिला हेर्दा प्रसाद मलाई मन परेको थियो । यो वास्तविक सिक्वेलको कथा हो । फिल्ममा अब जातिय छुवाछूत मात्रै होइन अन्य विषय पनि समेटिनेछन्,'सुदर्शनले भने,'यो विल्कुलै नयाँ फिल्म हो । म राम्रो फिल्म बनाउने प्रयास गर्नेछु।'

अभिनेता विपिन आफूहरुले 'प्रसाद'को साख जोगाउनैपर्ने बताउँछन् । 'पहिलो पटक फिल्म गर्दैछु भन्ने हिसाबले ढुकढुकी बढेको छ । हामीले प्रसादको साख जोगाउनुपर्नेछ । बाबुराम म आफैंलाई मन परेको पात्र हो,' उनले भने । अभिनेत्री नम्रताले भने नयाँ टिमले राम्रो काम गर्ने बताइन् ।

प्रकाशित : असार १६, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?