कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

दोहोरी भाकाको रोयल्टी मूल स्रष्टालाई

काठमाडौँ — ‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा प्रतियोगीले गीत गाउँदा प्रयोग भएको भाकाको रोयल्टी मूल स्रष्टालाई दिइने भएको छ । प्रतियोगितामा सहभागी समूहले प्रयोग गर्ने भाकाको रोयल्टी ‘संगीत रोयल्टी संकलन समाज’ मार्फत मूल स्रष्टालाई वितरण गरिने आयोजकले जनाएको छ ।

दोहोरी भाकाको रोयल्टी मूल स्रष्टालाई

काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि खुला दोहोरी गीत प्रतियोगिता जारी छ । कुल ६१ समूहले सहभागिता जनाएको प्रतियोगितामा बिहीबार ११ र शुक्रबार २० समूहले सहभागिता जनाए । बाँकी प्रतियोगी समूहले शनिबार प्रतिस्पर्धा गर्ने प्रतियोगी संयोजक एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव शिव हमालले जानकारी दिए । शुक्रबारको कार्यक्रममा प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष प्रजापती पराजुली र केन्द्रीय सदस्य पीएन सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा आयोजक कमिटीका अध्यक्ष रमेश बीजीको अध्यक्षता रहेको कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलिया प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

प्रतियोगितामा प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक र निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनी सहसंयोजक रहेका छन् । प्रतियोगिता शनिबार सकिने भनिए पनि एक दिन लम्बिन सक्ने आयोजकले अनुमान गरेको छ ।

प्रकाशित : चैत्र १९, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×