२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

गोलरक्षक एन्जिलाको 'बायोपिक' बन्ने

काठमाडौँ — महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक निर्माण हुने भएको छ । राजधानीमा फिल्म ‘अन्जिला’ निर्माणको घोषणा गरिएको हो ।

गोलरक्षक एन्जिलाको 'बायोपिक' बन्ने

मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहनेछ ।

फुटबलर बन्नका लागि एन्जिलाले गरेको संघर्ष र सफलताको कथालाई फिल्मले समेट्ने निर्देशक चाम्सले बताए । उनले भने ‘७५ प्रतिशत एन्जिलाकै जीवनी र २५ प्रतिशत त्यसमा अन्य कथाहरूलाई जोड्नेछौं ।’ अभिनयका लागि एन्जिला मण्डला थिएटरमा प्रशिक्षण लिइरहेकी छन् ।


पाँचथरको फाक्तेपकी उनले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी हुन् । उनी महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक हुन् ।

निर्माता प्रेमकुमार श्रेष्ठले भने एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्ममा देखाइने जानकारी दिए । उनले भने, ‘एन्जिलाको कथा अरू खेलाडीका लागि प्रेरक हुनेछ ।’

प्रकाशित : चैत्र ७, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?