कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गोग्राह फिल्म रेसिडेन्स २०२२'मा ६ निर्देशक र लेखक

काठमाडौँ — यस वर्ष गोग्राह आवासीय फिल्म निर्माण सहयोगका लागि ६ निर्देशक र लेखक छनोट भएका छन् । 'गोग्राह फिल्म रेसिडेन्स  २०२२' अन्तर्गत छनोटमा परेका यी निर्देशक र लेखकले अबको पाँच महिनाभित्रमा छनोटमा परेका  फिचर प्रोजेक्टमा काम गर्ने गोग्राहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

'गोग्राह फिल्म रेसिडेन्स २०२२'मा ६ निर्देशक र लेखक

अभिमन्यू निरबी, निकिता त्रिपाठी, राजेशप्रसाद खत्री, सुनील गुरुङ, आकांक्षा कार्की र नव विजय श्रेष्ठलाई हामी उनीहरुको फिचर फिल्म फाइनल गराउनका लागि गोग्राहले छनोट गरेको बताइएको छ । 'छनोटमा परेका सहभागी फिल्मकर्मीहरुका लागि सिर्जनात्मक वातावरण निर्माण गरिदिने, संस्थागत सहयोगसहित उनीहरुको प्रोजेक्ट फाइनल गर्न बौद्धिक स्रोतसाधन उपलब्ध गराउने हाम्रो उद्देश्य हो,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि यो 'गोग्राह फिल्म रेसिडेन्स'को योजना ६ हप्ता लामो थियो । तर ओमिक्रोनका कारण उक्त समयलाई लम्ब्याएको छ । 'गोग्राह फिल्म रेसिडेन्स'मा सहभागीहरुले घरमै बसेर आफ्नो प्रोजेक्टका लागि गोग्राहका दीपक रौनियार, आशा मगराती र भास्कर गौतमबाट सहयोग पाउनेछन् ।

सन् २०१९ देखि सुरु भएको गोग्राहले यसअघि तीन लघु फिल्मलाई पाँच-पाँच लाख रुपैयाँ प्रदान गरेको थियो । शान्ता नेपालीको 'मुना', ज्योत्सनासिंह ठकुरीको 'एलेक्सिया' र सुनील गुरुङको 'विन्ड हर्स'ले उक्त राशिको निर्माण पुरस्कार प्राप्त गरेको थियो ।

प्रकाशित : पुस ३०, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?