कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भर्चुअली आयोजना हुने

काठमाडौँ — 'आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भर्चुअल रुपमा आयोजना हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रले यो वर्ष महोत्सव भर्चुअल रुपमा आयोजना गर्ने जानकारी दिएको हो ।

'नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भर्चुअली आयोजना हुने

कोरोना महामारीले विश्वका धेरै चलचित्र महोत्सवलाई असर पार्‍यो । कोभिडले गर्दा नै निर्धारित मितिबाट यो चलचित्र महोत्सव पछाडि धकेलिएको थियो । अनलाइनमार्फत् आयोजना हुने यो महोत्सव आगामी मंसिर १० देखि १५ सम्म आयोजना हुँदैछ ।

महोत्सवमा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, लघु चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरु प्रसारण गरिने बताइएको छ । प्रसारण हुने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रसारणका लागि छनोट गरिएको हो । यस महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एपमार्फत् प्रसारण गरिनेछ । जुममार्फत् अन्तक्रिया एवं छलफलका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा चलचित्र प्रसारणपछि एसियाली चलचित्रमा महिला, नेपाली चलचित्रमा युवा, अल्पसंख्यक, सिमान्तकृत समुदायको सवाललगायतका शिर्षकमाथि चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तरक्रिया तथा छलफल हुनेछ ।

प्रकाशित : मंसिर ८, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?