कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरिजमा चुम्बनको दृश्यलाई लिएर मध्यप्रदेश सरकारको आपत्ति

एजेन्सी

मध्यप्रदेश सरकारले नेटफ्लिक्सको सिरिज 'अ स्विटेबल ब्वाय'मा समावेश मन्दिर अगाडिकाे हिन्दु युवती र मुस्लिम युवकबीचको चुम्बन दृश्यलाई लिएर आपत्ति जनाएको छ ।

सिरिजमा चुम्बनको दृश्यलाई लिएर मध्यप्रदेश सरकारको आपत्ति

मध्यप्रदेशका गृहमन्त्री डाक्टर नरोत्तम मिश्रले आइतबार सामाजिक सञ्जालमा उक्त दृश्य आपत्तिजनक रहेको उल्लेख गर्दै ट्विट लेखेका छन् । 'ओटीटी प्लेटफर्ममा 'अ स्विटेबल ब्वाय' नामक सिरिज जारी गरेको छ । जसमा एकदमै आपत्तिजनक दृश्य देखाइएको छ । जुन एक धर्मको भावनामा आघात पुर्‍याउने किसिमको छ,' गृहमन्त्री मिश्रले ट्विटमा लेखेका छन्,'मैले प्रहरी अधिकारीलाई यो विवादस्पद विषयवस्तुको जाँच गर्न निर्देशन दिएको छु ।'

यो दृश्यको विषयमा बिजेपीका युवा नेता गौरव तिवारीले प्रहरीमा उजुरीसमेत दिएको द प्रिन्टले उल्लेख गरेको छ । उनले आफ्नो उजुरीमा यस्तै दृश्यहरु समावेश गरेका छन् । शिव लिंगलाई पृष्ठभूमि बनाएर खिचिएको चुम्बन दृश्यको स्थान उल्लेख नगरिए पनि उक्त दृश्य महेश्वर मन्दिरको किनारमा खिचिएको उनले उजुरीमा उल्लेख गरेका छन् । तिवारीले हिन्दु युवती र मुस्लिम युवकबीचको चुम्बनलाई 'लव जिहाद'(मुस्लिम पुरुषले अन्य समुदायका महिलालाई विवाह गरेर मुस्लिम बनाउने प्रकिया)सँग जोडेका छन् ।

सन् २०१९ मा कंग्रेस सरकार शक्तिमा हुँदा महेश्वर मन्दिर अगाडि उक्त दृश्य खिचिएको प्रहरी अधिक्षक राकेश सिंहले बताएका छन् । विक्रम सेठको चर्चित उपन्यासमाथि आधारित छ यो सिरिज । यसलाई मीरा नायरले निर्देशन गरेकी हुन् । यो सिरिज गत अक्टोबर २३ मा नेटफ्लिक्समा प्रदर्शनमा आएको थियो ।

प्रकाशित : मंसिर ८, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?