कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिमा प्रवेश नगर्ने भन्दै अफवाह फैलाउने चिठ्ठी मेरो होइन : रजनीकान्त

एजेन्सी

अभिनेता रजनीकान्तले बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भाइरल भएको एक चिठ्ठीको खण्डन गर्दै चिठ्ठी आफूले नलेखेको जानकारी दिएका छन् । उक्त चिठ्ठीमा रजनीकान्त आफ्नो वर्तमान स्वास्थ्य स्थितिका कारण राजनीतिमा प्रवेश नगर्ने कुरा उल्लेख गरिएको थियो ।

राजनीतिमा प्रवेश नगर्ने भन्दै अफवाह फैलाउने चिठ्ठी मेरो होइन : रजनीकान्त

तामिल भाषामा उनले ट्विटरमा लेखेका छन्, 'लिक्ड भएको पत्र मेरो होइन । त्यसमा उल्लेख मेरो स्वास्थ्य र डाक्टरको सल्लाह भने सहि छन् । राजनीतिमा खडा हुने नहुने भन्नेबारे भने म रजनी मक्कल मंद्रमसँग कुरा गरेर सहि समयमा घोषणा गर्नेछु ।'

ह्वाटसापमा भाइरल भएको पत्रमा भने रजनीकान्त राजनीतिमा प्रवेश नगर्ने र त्यसको अन्तिम निर्णय डिसेम्बरको अन्तिमसम्ममा सुनाइने उल्लेख गरिएको द हिन्दुस्तान टाइम्समा उल्लेख छ । सन् २०१७ मा रजनीकान्तले आफ्नो नयाँ पार्टी खोलेर राजनीतिमा फर्कने पक्का गरेका थिए । पार्टीमा समावेश हुन चाहनेका लागि वेबसाइट नै बनाएका थिए ।

प्रकाशित : कार्तिक १३, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?