कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'भाँडाकुटी' बन्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — किरण विकको लेखन तथा निर्देशनमा नयाँ फिल्म 'भाँडाकुटी' बन्ने घोषणा भएको छ । फिल्ममा मुकुन भुसाल, बेनिसा हमाल, महावीर विश्वकर्मालगायतले अभिनय गर्ने फिल्म घोषणा कार्यक्रममा बताइएको छ ।

'भाँडाकुटी' बन्ने 

फिल्मको कथा किरण विक र गोपाल आचार्यले लेखेका हुन् । दुवै ओस्कार फिल्म कलेजका पूर्व विद्यार्थी हुन् । फिल्ममा बिहेका तीन कथा समावेश गरिने बताइएको छ । त्यसमध्येको एक कथा दलित अन्तरजातीय प्रेममा आधारित हुने फिल्मका एसोसियट डिरेक्टर गोपालले बताए । 'कथामा फिक्सन र रियालिटीलाई मिश्रण गरेका छौं । समाजका गम्भीर कथालाई कमेडीमार्फत् भन्ने शैली अपनाउन खोजेका छौं । कमेडीमा नयाँ शैली लिएर आउनेछौं,' निर्देशक विकले भने । दृष्यालय सिनेमाले निर्माण गर्ने फिल्म माघ तेस्रो हप्ताबाट छायांकनमा जानेछ । फिल्मको छायांकन बुटवलमा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?