कंगना र बहिनी रंगोलीविरुद्ध 'एफआईआर' दर्ता- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कंगना र बहिनी रंगोलीविरुद्ध 'एफआईआर' दर्ता

एजेन्सी

धार्मिक वैमनस्यता(घृणा) फैलाएको आरोपमा प्रहरीले बलिउड अभिनेत्री कंगना रनावत र उनकी बहिनी रंगोली चंदेलविरुद्ध 'एफआईआर' दर्ता गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार शनिबार बान्द्रा मेट्रोपोलिटियन मेजिस्ट्रेटले मुम्बई प्रहरीलाई कंगना र उनकी बहिनी रंगोलीविरुद्ध मुद्दा दर्ता गर्न निर्देशन दिएपछि 'केस' दर्ता भएको हो ।

बलिउडका कास्टिङ डिरेक्टर शाहिल असरफ सैयद र मुन्ना वरालीले बान्द्रा मेजिस्ट्रेट कोर्टमा दुई दिदीबहिनीविरुद्ध निवेदन दिएपछि मुद्दा दर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सैयदले पछिल्ला केही महिनामा अभिनेत्री कंगनाले सामाजिक सञ्जाल ट्विटर र अन्तर्वार्तामार्फत् बलिउडलाई नातावाद, फेभरिटिज्म हब, लागूूपदार्थ दुर्व्यसनी र अपराधीहरुको अड्डाको रुपमा बदनाम गरेको भन्दै निवेदन दिएको 'द हिन्दुस्तान टाइम्स'मा उल्लेख छ ।

सैयदको बयानमा लेखिएको छ, 'मानिसहरुका बीचमा बलिउडको नराम्रो छवि निर्माण गर्नुका साथै दुई समुदाय (हिन्दु र मुस्लिम)बीच साम्प्रादायिक विभाजन र फाटो खडा गर्ने प्रयास गरेका छन् । कंगनाले आफ्नो सबै ट्विटमा धर्म जोड्दै आएकी छिन् ।' रंगोलीले पनि साम्प्रादायिक विभाजन ल्याउने किसिमको आपत्तिजनक ट्विट गरेको सैयदले बताएका छन् । उनको ट्विटले मस्लिम समुदायको मानिसको भावनामा चोट पुर्‍याएकोसमेत सैयदले मिडियालाई बताएका छन् ।

प्रहरीमा यो मुद्दा दर्ता भएपछि कंगनाकी वकिल रिजवान सिद्दिकीले अभिव्यक्ति स्वतन्त्रतालाई साम्प्रादायिक पक्षसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

प्रकाशित : कार्तिक २, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीको जुगेडामा बेपत्ता असई विकको शव फेला (अपडेट)

अर्जुन शाह

धनगढी — कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव आइतबार बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ ।

उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । ‘गस्तीमा गएका प्रहरीको तस्करसँग झडप भएको हुन सक्छ,’ उनले भने । असईसँगै बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउद भने अझै फेला परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जुगेडा धनगढीनजिकैको नेपाल–भारत सीमा क्षेत्र हो । त्यहाँस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत दस प्रहरीमध्ये इन्चार्ज विक प्रहरी जवान साउदलाई लिएर शनिबार राति मोटरसाइकलमा सीमा क्षेत्रको गस्तीमा गएको प्रहरीको भनाइ छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित सुदूरपश्चिम वाहिनीको गोताखोर टोलीसमेत मोहना नदीमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×