कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० प्रतिशत अकुपेन्सीमा भारतमा फिल्म हल खुल्ने 

एजेन्सी

भारतमा ६ महिनादेखि ठप्प हलहरु खुल्ने भएका छन् । भारतको गृह मन्त्रालयले अक्टोबर १५ देखि हल खोल्ने अनुमति दिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । 

५० प्रतिशत अकुपेन्सीमा भारतमा फिल्म हल खुल्ने 

५० प्रतिशत अकुपेन्सीमा सरकारले हल खोल्न अनुमति दिएको 'द हिन्दुस्तान टाइम्स' ले उल्लेख गरेको छ । हल खोल्ने निर्णय ढिला आए पनि केही महिनादेखि बलिउडमा प्रोडक्सनको काम सुरु भइसकेको थियो । सतर्कता अपनाएर छायाङ्कन पनि भइरहेको थियो । हल खोल्ने निर्णयले फिल्मकर्मीदेखि फिल्मप्रेमी दर्शकमा खुसी छाएको छ ।

दर्शक आउँछन् कि आउँदैनन् भनि जाँच्न ५० प्रतिशत अकुपेन्सी पर्याप्त रहेको बताउँछन् व्यापार विश्लेषक (ट्रेड एक्सपर्ट) अतुल मोहन । उनले भनेका छन्, 'यदि दर्शक जोखिम मोल्न तयार देखिन्छन् भने उनीहरुलाई हलसम्म तान्नु पहिलो प्राथमिकता बन्छ ।'

भारतको मल्टिप्लेक्स एसोसिएसनले सरकारको हल खोल्ने निर्णयमा खुसी व्यक्त गरेको छ । एसोसिएसनले प्रदेश सरकारहरुलाई पनि हल खोल्ने अनुमति दिन अनुरोध गरेको छन् ।

प्रकाशित : आश्विन १५, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?