कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्रग्स मामिलामा दीपिका, सारा र श्रद्धा एनसीबीमा, सोधपुछ गरिँदै 

एजेन्सी

मुम्बई — भारतको लागु औषध नियन्त्रण ब्युरो (एनसीबी) ले बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, साराअलि खान र श्रद्धा कपुरसँग शनिबार सोधपुछ गरेको छ । शनिबार बिहानै एनसीबी कार्यालय पुगेकी दिपिका त्यसपछि पुगेकी श्रद्धा र सारासँग अहिले सोधपुछ जारी रहेको भारतीय समाचारपत्र हिन्दुस्तान टाइम्सले जनाएको छ । 

ड्रग्स मामिलामा दीपिका, सारा र श्रद्धा एनसीबीमा, सोधपुछ गरिँदै 

अभिनेता सुशान्त सिंह राजदुतको आत्महत्या प्रकरणमा ड्रग्स जोडिएपछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती विवादमा तानिएकी थिइन् । उनी अहिले एनसीबीको हिरासतमै छन् । यही सिलसिलामा बलिउडमा ड्रग्सको प्रयोगबारे थप खोजबिन गर्दै एनसीबीले यी अभिनेत्रीहरुलाई बयानका लागि बोलाएको हो । अर्की अभिनेत्री रकुलप्रित सिंहसँग शुक्रबार बयान लिइएको थियो । उनीहरुको एक ह्वाट्सएप ग्रुपमा ड्रग्सको प्रयोगबारे संवाद भएको भन्दै यसबारे सोधपुछ गर्न लागिएको बताइएको छ ।

शनिबार बिहानै दीपिकाकी म्यानेजर करिश्मा प्रकाश पनि एनसीबीको अफिस पुगेकी छिन् । करिश्मासँग शुक्रबार पनि सोधपुछ गरिएको थियो । दीपिकालाई एनसीबीका पाँच सदस्यले प्रश्न गर्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?