कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिनेता केभिन स्पेसीविरुद्ध यौन शोषणको मुद्दा 

एजेन्सी

न्युयोर्क — अभिनेता केभिन स्पेसीविरुद्ध म्यानह्याटनस्थित न्युयोर्क सर्वोच्च अदालत म्यानह्याटनमा यौन शोषणको मुद्दा दर्ता भएको छ । सन् १९८० को दशकमा आफूहरु युवा हुँदा केभिनले यौन शोषण गरेको भन्दै दुई पुरुषले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । 

अभिनेता केभिन स्पेसीविरुद्ध यौन शोषणको मुद्दा 

'ब्रोडवे' र 'स्टार ट्रेक' अभिनेता एन्थोनी र्‍यापले सन् २०१७ मा केभिनको यौन शोषणबारे पहिलो पटक बोलेका थिए । त्यसपछि दुई पटक ओस्कार जितेका केभिनको फिल्म करियर ओरालो लाग्यो ।

धेरैले केभिनको यौन शोषणबारे मिडियामा बोले । एक पार्टीमा सहभागी हुँदा केभिनले आफू किशोर अवस्थामा हुँदा यौन शोषण गरेको एन्थोनीले अदालतमा दिएको बयानमा उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्‍चार माध्यमले बताएका छन् । केभिनलाई यौन शोषणको आरोप लगाउने अर्का व्यक्तिले भने आफ्नो बयानमा अभिनय कक्षा लिने बहानामा आफूलाई अपार्टमेन्टमा बोलाएर यौन कार्य गर्न लगाएको बताएका छन् ।

अभिनेता केभिन स्पेसीले 'द युजुअल सस्पेक्ट्स', 'एलए कन्फिडेन्सियल', 'अमेरिकन ब्युटी', 'सेभेन'लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

प्रकाशित : भाद्र २६, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?