कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुशान्तको मृत्युमाथि सिबीआई जाँच माग गर्दै बलिउडकर्मी

एजेन्सी

बलिउड अभिनेता सुशान्तसिंह राजपुतकी बहिनी श्वेतासिंह किर्तीले उनको मृत्युको सिबीआई जाँचका लागि पछिल्लो समय माग गरेकी थिइन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले सबैलाई यसमा सहयोग गर्न अपिल गरेकी थिइन् । अहिले उनलाई धेरै कलाकारले साथ दिँदै सिबीआईसँग जाँचका लागि अनुरोध गरेका छन् ।

सुशान्तको मृत्युमाथि सिबीआई जाँच माग गर्दै बलिउडकर्मी

अभिनेता वरुण धवन, कृति सेनन, कंगना रनावत, परिणीति चोपडा, सुरज पंचोली, सिद्धान्त चतुर्वेदी, जरीन खान र सञ्जना सांघीले समर्थन गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग 'सिबीआई फर एसएसआर' लेख्न थालेका छन् ।

उनकी पूर्व–प्रेमिका अंकिता लोखन्डेले पनि भिडियो सार्वजनिक गरेकी छन् । कृति सेननले इन्स्टाग्राम स्टोरीमा लेखेकी थिइन्, 'सत्य चाँडै बाहिरोस् भनेर प्रार्थना गर्छु म । उसको परिवार, साथी अनि फ्यानहरुले यो सत्य जान्न पाउने अधिकार छ ।' सशान्तको अन्तिम फिल्म 'दिल बेचरा'ले अनलाइन प्लेटफर्ममा प्रदर्शनमा अउने बेला लेखेकी थिइन्, 'तिम्रो लागि प्रार्थना निरन्तर हुनेछ । न्याय, शान्ति र सत्य पाउनुपर्छ । उनीहरुले न्याय दिउन् भन्ने प्रार्थना छ । यो परीक्षाको घडी लामो अनि कठिन छ ।'

त्यस्तै सुशान्तसँग 'शुद्ध देशी रोमान्स'मा स्क्रिन सेयर गरेकी परिणितीले पनि इन्स्टाग्राममा लेखेकी थिइन् । 'जुन कुरा आवश्यक छ त्यो सत्य नै हो । जस्टिस फर एसएसआर,' उनले लेखेकी थिइन् । सुशान्तले गत जुन १४ मा मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?