कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैले एम्बरलाई कुटेको होइन : जोनी डीप

एजेन्सी

लन्डन — हलिउड स्टार जोनी डीपले मंगलबार लन्डनको उच्च अदालतसमक्ष पूर्वपत्नी एम्बर हर्डले आफूमाथि झुटो आरोप लगाएको बयान दिएका छन् । अमेरिकी अभिनेत्री एम्बरलाई आफूले कुटेको कुरा झुटो रहेको बताउँदै डिपले आफूमाथि उल्टै प्रहार भएको जनाएका छन् ।  

मैले एम्बरलाई कुटेको होइन : जोनी डीप

'पाइरेट्स अफ क्यारेबियन' स्टार डीपले आफूलाई 'सन्स'को समाचार प्रकाशक र कार्यकारी सम्पादक अनि २०१८ मा 'वाइफ बिटर'(पत्नी पिट्ने) भनेर समाचार छाप्ने 'दान बुटन' विरुद्ध मुद्दा लड्ने भएका छन् । पत्रिकाका वकिलले डीपले लागूऔषध र रक्सी पिएका बेला एम्बरलाई कुटेको आरोप सही रहेको दाबी गरेका छन् ।

अदालतमा पेस गरेको कागजातमा डिपको टिमले एम्बर २०१५ मा विवाहहेतर सम्बन्धमा रहेको र इन्गेजमेन्टपछि पनि सहअभिनेतासँग उनको सम्बन्ध रहेको कुरा समेटेको छ । अदालतमा डीपले आफू एम्बरले आक्रमण गर्दा प्रतिकार गरेको जनाएका छन् ।

एम्बरले भोड्काको बोतलले आफूलाई हिर्काउँदा औंलामा चोट लागेर अस्पताल लगेको तस्बिर पनि उनले अदालतमा पेस गरेका छन् ।

डीप र एम्बरको भेट २०११ को फिल्म 'द रम डायरी'को क्रममा भएको थियो । सन् २०१५ मा उनी दुईले बिहे गरेका थिए । एम्बरले बिहे भएको १५ महिनापछि अदालतमा डिभोर्सको फाइल केस गरेकी थिइन् । सन् २०१७ मा डिभोर्स फाइनल भएको थियो । डिपले आफूले १४ वर्षको उमेरदेखि लागुऔषध सेवन गर्न थालेको स्वीकारेका छन् । आफ्नो बाल्यकाल निकै कठिन र संघर्षरत भएको कारण देखाउँदै उनले यो कुरा स्वीकारेका हुन् ।

प्रकाशित : असार २४, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?