कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गलवान झडपमाथि अजय देवगनले फिल्म बनाउने 

एजेन्सी

पछिल्लो समयमा बलिउडमा राष्ट्रवादी फिल्महरुले राम्रो व्यापार गर्न थालेपछि निर्माता तथा अभिनेताहरुको ध्यान यसैतिर तानिएको छ । खासगरी बलिउडका दुई सुपरस्टार अजय देवगन र अक्षय कुमार यस्ता फिल्मको निर्माणमा जोडतोडले लागेका छन् ।

गलवान झडपमाथि अजय देवगनले फिल्म बनाउने 

हालै लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएको घटनामा पनि फिल्म बन्ने भएको छ ।

'भुज' नामक भारतीय सेनाकै विषयको फिल्मपछि अजय देवगनले यो हिंसात्मक झडपलाई लिएर फिल्म बनाउने घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।

अभिनेता देवगनले पछिल्लो समय वीरता र शक्ति प्रस्तुत गर्ने चरित्रमा अभियन गर्दै आएका छन् । यसै वर्ष आएको उनको 'तानाजी'ले निकै राम्रो व्यापार गरेको थियो । फिल्मका बाँकी कलाकारबारे बताइएको छैन ।

प्रकाशित : असार २१, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?