कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

दिवेशले मन जिते निर्णायकको 

काठमाडौँ — अडिसनदेखि नै निर्णायकको मन जित्दै आएका गायक दिवेश पोख्रेल (अर्थर गन)को प्रस्तुतिले अमेरिकन आइडलको सोलो राउण्डमा निर्णायक लायोनल रिचीलाई भावुक बनायो ।

दिवेशले मन जिते निर्णायकको 

दिवेशको प्रस्तुति सक्न साथ लायोनलले आफ्नो आँखाको आँशु पुछे ।


‘मलाई रुवायो’दिवेशले प्रस्तुति सक्नासाथ उनले अर्की निर्णायक केटी पेरीलाई हेर्दै भने । दिवेशको प्रस्तुतिलाई तीनैजना निर्णायकले रुचाए ।


दिवेशले सिसी आरको ‘ह्याभ यू एभर सिन रेन’ बोलको गीत प्रस्तुत गरे । उनले यसअघि अडिसनमै यो गीत प्रस्तुत गरिसकेका थिए । त्यही गीतमा केही परिवर्तन गरेर उनले आफ्नो भर्सन बनाएर गीत प्रस्तुत गरे । यसपटक फेरि उनी गीतार बोकेरै मञ्चमा प्रवेश गरे । उनको प्रस्तुतिलाई तीनजना निर्णायकले आफ्नो स्थानबाट उठेर सम्मान गरे ।


यसअघि 'हलिउड वीक' राउन्डमा लायोनलले दिवेशलाई बव मार्ली सम्झाउने गायक भन्दै तारिफ गरेका थिए । दिवेशले आफ्नो प्रस्तुतिले हजारौं फ्यान कमाएका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक उनले यसअघि 'न्यानो घर', 'मन', 'समुन्द्र पारी', 'कर्णाली', 'प्रलय ए' र 'प्रलय बी' जस्ता गीत सार्वजनिक गरेका थिए ।

प्रकाशित : चैत्र ११, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?