कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलमलमा 'प्रेमगीत ३' र 'चपली हाइट ३'को प्रदर्शन 

काठमाडौँ — पोस्ट प्रडक्सनमा रहेको 'प्रेमगीत ३' को निर्माण टिमले फिल्मको प्रदर्शन चैत २८ का लागि तय गरेको थियो । यो फिल्मसँगै अर्जुन कुमार निर्मित 'चपली हाइट ३' पनि प्रदर्शनमा आउने तयारी छ । यी दुई फिल्म प्रदर्शनमा आउन २४ दिन बाँकी छ । तर, दुई फिल्मले अझै प्रचार थालेका छैनन् । 

अलमलमा 'प्रेमगीत ३' र 'चपली हाइट ३'को प्रदर्शन 

प्रचार सामाग्रीका रुपमा फिल्मका गीत भने दुवै टिमले सार्वजनिक गर्यो। अरु बेला फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचार सुरु भइसक्थ्यो । तर, अहिलेसम्म दुई फिल्मका कलाकारले समेत फिल्मको प्रदर्शनलाई लिएर केही बोलेका छैनन् ।

कोरोना भाइरस (कोभिड-१९) को त्रासले गर्दा दर्शक भिडभाडमा जान कम गरेका छन् । हलमा दर्शक संख्या घटेको छ । त्यसैले यी फिल्मको प्रदर्शन मितिलाई पनि कोरोनाको प्रभाव पर्ने देखिन्छ । 'प्रेमगीत ३'का निर्माता सन्तोष सेन फिल्मको प्रदर्शनलाई लिएर अझै अलमलमा छन् । फिल्मको प्रदर्शनलाई लिएर निर्माण टिमबीच छलफल पनि गरे । यो एक हप्ताभित्रमा कोरोनाको प्रभाव उस्तै रहे फिल्मको प्रदर्शन सार्ने तयारीमा छन् निर्माता सेन ।

'कोरोनाले हाम्रो फिल्ममा असर त गरेको छ नि । अब सबै ठाउँ सुनसान छ' सेनले सुनाए । कोरोनाकै कारण अहिलेसम्म फिल्मको ट्रेलर र गीत सार्वजनिक गर्न नसकेको उनले बताए । उता 'चपली हाइट ३'का निर्माता अर्जुनले भने फिल्म हल बन्द भए मात्रै फिल्मको प्रदर्शन सार्ने बताए।

यसअघि सुदर्शन थापा निर्देशित 'म यस्तो गीत गाउँछु २' र पत्रकार फूलमान वलको 'नीरफूल' फिल्मको प्रदर्शन मिति पछि सारिएको छ ।

प्रकाशित : चैत्र ४, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?