कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रियंका र आँचलको विशेष हप्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार अभिनेत्री आँचल शर्माले प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । यही साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि विवाह गर्दैछन् ।

प्रियंका र आँचलको विशेष हप्ता

दुई अभिनेत्रीका लागि यो हप्ता निकै विशेष बन्यो । अभिनेत्री प्रियंकालाई पछिल्लो समय ब्याचलर पार्टीका तस्बिर इन्स्टाग्राममा राख्न भ्याइ नभ्याई थियो ।

मंगलबार प्रियंकाले हातमा मेहेन्दी लगाएकी छिन् । आयुष्मानलेसमेत आफ्नो हातमा मेहेन्दीले प्रियंकाको नाम लेखेका छन् । यतिखेर यी दुईलाई बधाई दिनेको ओइरो छ । लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले गत असारमा इन्गेजमेन्ट गरेका थिए ।

आँचल र उदीप भने यही फागुन अन्तिमतिर बिहे गर्ने चर्चा छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?