कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

शुक्रबारको शो ‘आमा’लाई भन्दा ‘सेन्टी भाइरस’लाई दोब्बर

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारदेखि एकैसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । दुई विदेशी फिल्मसँगै प्रदर्शनमा आउने 'आमा' र 'सेन्टी भाइरस' बीच शो प्रतिस्पर्धा देखिएको छ ।

शुक्रबारको शो ‘आमा’लाई भन्दा ‘सेन्टी भाइरस’लाई दोब्बर

मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले रामबाबु गुरुङ निर्देशित सेन्टी भाइरसले एकैदिन ५० र दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म आमाले २४ शो पाएको छ ।

शो बाँडफाडका हिसाबले दीपेन्द्रको फिल्म भन्दा सेन्टी भाइरसलाई धेरै शो दिइएको छ । फिल्ममा भने दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) को मुख्य अभिनय छ । त्यस्तै 'आमा'मा भने अभिनेत्री मिथिला शर्मा, सुरक्षा पन्तको मुख्य अभिनय छ ।

बिहीबार अपरान्हसम्ममा आमा फिल्म हेर्नको लागि दर्शकले अनलाइनमार्फत् अग्रिम बुकिङ गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?