कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्षयको 'सूर्यवंशी' २०२० को सर्वाधिक अपेक्षित फिल्म 

एजेन्सी

अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको रोहित शेट्टीको फिल्म 'सूर्यवंशी' २०२० को सर्वाधिक प्रतीक्षा गरिको फिल्म भएको छ ।

अक्षयको 'सूर्यवंशी' २०२० को सर्वाधिक अपेक्षित फिल्म 

फिल्मको रेटिङ गर्ने साइट आइएमडिबीका अनुसार यो आइएमडिबीको मुभीमिटरको डाटामा मार्चमा प्रदर्शन हुने 'सूर्यवंशी' सबभन्दा अगाडि देखिएको हो ।

आइएमडिबीमा यो फिल्मको पेजमा मासिक २ सय मिलियन भिजिटर आएको उल्लेख गरिएको छ । 'सिंघम', 'सिंघम रिटन्स' र 'सिम्बा' पछि रोहित शेट्टीको पुलिस दुनियाँको यो चौथो फिल्म हो । यसमा सिंघम अजय देवगन र सिम्बा रणवीर सिंह पनि विशेष भूमिकामा छन् । रोहितका पुलिसवाला सबै फिल्म सुपरहिट हुन् ।

यो सुचीमा दोस्रो नम्बरमा करण जौहरले निर्माण गरेको आयन मुखर्जीको फिल्म 'ब्रम्शास्त्र' छ। अमिताभ बच्चन, रनवीर कपुर र आलिया भट्टको यसमा प्रमुख भूमिका छ । यो फिल्म डिसेम्बर ४ मा प्रदर्शनमा आउँदैछ । यस्तै तेस्रो नम्बरमा अजय देवगनको सुपरहिट फिल्म 'तानाजी' परेको छ । त्यसपछि क्रमश: रणवीर सिंहको '८३', टाइगर श्रोफको 'र्‍याम्बो', 'केजीएफ च्पाप्टर २', 'स्ट्रिट डान्सर थ्रीडी', 'बागी ३', 'इन्डियन २' र 'छपाक' छन् ।

प्रकाशित : माघ २९, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?