कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रेम प्रस्ताव नै आएन’

काठमाडौँ — नजिकिँदो भ्यालेन्टाइन्स डेका कारण यतिबेला विश्वभर प्रेमिल सप्ताह चलिरहेको छ । प्रेमका नयाँ जोडीबीच सप्ताहभर चकलेट डे, हग डे, किस डेदेखि प्रपोज डेसम्मका क्रियाकलाप चलिरहँदा भारतकै ‘नेसनल क्रस’ मानिने अभिनेत्री दिशा पटानीको अवस्था चाहिँ कस्तो होला ? हालै रिलिज फिल्म ‘मलङ्ग’ का को–एक्टरसँग अन्तरवार्ता दिन पुगेकी पटानीले प्रेमका मामिलामा आफू अभागी रहेको जिकिर गरेकी छन् । 

सुन्दर अभिनेत्रीलाई पत्रकारले उनको जीवनमा कति प्रेम प्रस्ताव आए र कतिका दिल टुक्रिए होलान् भनेर राखेको जिज्ञासामा भनेकी छन्, ‘नढाँटी भन्नुपर्दा मलाई आजसम्म एउटै पनि प्रेम प्रस्ताव आएको छैन । स्कुलमा टमब्वायजस्तै थिएँ । फेरि बुबा पुलिसमा भएकाले पनि होला, कसैले प्रस्ताव पनि नगरेका । कलेजमा पनि कसैले प्रेम प्रस्ताव राखेनन् । अहिले फिल्म क्षेत्रमा छु । यहाँ पनि पार्टीहरूमा जाने गर्दिनँ । सायद जान्थेँ भने पनि प्रस्ताव आउँथ्यो होला । मेरो जिन्दगी त एकदमै दुःखी छ,’ दिशा पटानीले जवाफ दिइरहँदा आदित्य रोय कपुर, कुनाल खेमू र अनिल कपुरले हाँसो रोक्न सकेनन् । अभिनेत्रीले भने प्रस्ताव आएको हुन्थ्यो भने आफूले पनि केही नरम भएर सोच्न सक्थेँ होला भन्दै प्रतिक्रिया दिइन् ।


त्यसो त दिशा पटानी बलिउडमा प्रवेश गरेलगत्तै ‘बागी २’ को–एक्टर टाइगर श्राफसँग नाम जोडिएको थियो । मिडियामा समेत यी दुई जना रेस्टुरेन्टमा सँगै डिनर गरिरहेको फोटो छापिन्थे भने दुई जनाको प्रेममा आधारित गसिपले बलिउड गर्माउँदै आइरहेको छ । तैपनि दुईले भने रिलेसनसिपमा नरहेको जिकिर गर्दै आइरहे । अरू त अरू, टाइगरकी दिदीले समेत भाइले दिशासँग डेट गरिरहेको भन्ने खबर अफवाह मात्रै भएको दाबी गर्दै टाइगर शतप्रतिशत सिंगल रहेको बताएकी थिइन् । उनले सुटिङ र फिल्मको कामबाट फुर्सद मिलेको समयलाई टाइगरले पूरै जिममा बिताउने भएकाले पनि लभ गर्दै बस्ने फुर्सद पाउला भन्ने आफूलाई नलाग्ने भन्दै ठट्टासमेत गरेकी थिइन् ।

प्रकाशित : माघ २८, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?