कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनिल सिंह भन्छन्- ‘रोयल्टी र कपीराइटको कुरा गर्दा जीवन खतरामा पर्‍यो’

रीना मोक्तान

काठमाडौँ — सोमबार राति गायक अनिल सिंहले सामाजिक सञ्जाल फेसबुकमा गम्भीर नोट भन्दै आफ्नो जीवन खतरामा रहेको घोषणा गरे । उनले लेखेका थिए 'मेरो जीवन खतरामा छ' । उक्त स्टाटसले धेरैको ध्यान उनीतर्फ तानियो । खासमा किन उनले आफ्नो जीवन खतरामा रहेको लेखे त ? फेसबुकमा उनले त्यसबारे सबै पृष्ठभूमिसहित उल्लेख गरेका छन् ।

अनिल सिंह भन्छन्- ‘रोयल्टी र कपीराइटको कुरा गर्दा जीवन खतरामा पर्‍यो’

उनले फेसबुकमार्फत म्युजिक नेपाल डटकमले आफ्ना गीत गैरकानुनी रुपले बिक्रीवितरण गरेको आरोप लगाएका छन् । 'इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डटकम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर मेरा गीत बेचेका छन्' फेसबुकमा उनकाे गुनासाे छ ।

उनले म्युजिक डटकमका सञ्चालक राजेश वंशलसँग सम्झौतामा भएको अडियो क्लिपसमेत सार्वजनिक गरेका छन् । सम्झौतामा आफूले मेघाहर्ज एल्बमको सम्झौता पत्र च्यातिदिएको स्वीकार गर्दै थप लेखेका छन् 'अबको २४ घन्टामा म आत्मसमर्पण गर्न चाहन्छु ।'

सामाजिक सञ्जालमा अनिल किन यसरी अप्रत्याशित रुपले प्रस्तुत भए त ? सिंहसँग गरिएको फोन संवाद उनकै शब्दमा :

'मेरो जीवन खतरामा छ' भनेर लेख्नुको कारणचाहिँ आफूले आफूलाई असुरक्षित ठानेर हो । अहिले मेरो र म्युजिक डटकमसँग युद्ध नै भएको छ । मेरो दुईवटा गीतचाहिँ म्युजिक डटकमले १७ वर्षदेखि प्रयोग गर्दै आएको रहेछ । मेरो अनुमतिबिना उहाँहरुले अवैधानिक ढंगले बिक्रीवितरण पनि गर्दै आउनुभएको रहेछ ।

उहाँ(राजेश वंशललाई)सँग गुनासाे गर्ने क्रममा ठूलो-ठूलो नाम निस्कँदा एक्कासि आत्तिएको छु म । कतैबाट धम्कीको अनुभव गरेपछि आफूलाई असुरक्षित अनुभव गरें । त्यसैले मैले फेसबुकमा त्यस्तो लेखेकाे हुँ ।


खासमा उहाँहरुसँग मैले मेरो गीतको विषयमा आइतबार मिटिङ गरेको थिएँ । उजुरी त गरिनँ । तर, उहाँहरुसँग सम्पूर्ण कुरा राखेपछि उहाँहरुले समय माग्नुभयो । उहाँहरुको तर्फबाट केही प्रतिक्रिया नआएपछि मैले फेसबुकमा १७ वर्ष अगाडिको भ्वाइस रेकर्डिङ सँगै बस्दाको प्रमाण पनि राखें ।

नरेश भट्टराई, अर्जुन महर्जनको अगाडि राजेशसँग क्षतिपूर्तिको विषयमा सम्झौता भयो । उहाँले गरेको गल्ती स्वरुप 'मेघाहर्ज' एल्बम र 'लिमिटेड अडिसन'को सबै अडियोको क्षतिपूर्ति दिने सम्झौता भएको थियो । भिडियोको अधिकार उहाँले राखेता पनि मैले पाउनुपर्ने रोयल्टी पनि बराबर बाँडियोस् भन्ने मेरो माग थियो ।

उहाँले २४ घन्टा माग्नुभएको थियो । तर केही प्रतिक्रिया आएन । उहाँको तर्फबाट कुनै फोन आएको छैन । म उहाँहरुको प्रतिक्रिया कुरिरहेको छु ।

सम्झौता च्यातेको कुरा ?

त्यो चाहिँ एउटा मिटिङ भंग हुँदाको कुरा हो । मेरो र राजेश वंशलसँग 'प्रेमपत्र' 'परी'सँग लिएर छलफल भइरहेको क्रममा आवेशमा आएर मैले त्यो च्यातेको हो । मिटिङको क्रममा मैले एकदम नाम चलेको कम्पनी, हामीबीच भएको सम्झौता पत्र च्यातेर अपराध गरेको छु । अपराध हो भने म सजाय भोग्न तयार छु । त्यो अपराध होइन भने अपराधीलाई पनि सजाय दिन म अपिल गर्दछु ।

प्रकाशित : माघ २१, २०७६ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?